सुदूरपश्चिम

क्वारेन्टिनमा युवकलाई सर्पले टोक्यो अवस्था गम्भीर



धनगढी, १४ असार ।  कैलालीमा रहेको एक क्वारेन्टिनमा बसेका युवकलाई सर्पले टोकेको छ । २२ दिनदेखि क्वारेन्टिनमा बसेका ती युवकलाई शुक्रवार राति विषालु सर्पले टोकेको हो । ती युवालाई  उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्र, बढैपुरमा लगिएको थियो ।

        प्रहरी स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ । सेनाको उपचार केन्द्रमा उनको उपचार हुन नसकेपछि युवकलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । २२ वर्षीय युवा गौरीगंगा नगरपालिका–४ स्थित सिद्धार्थ विद्या निकेतनको क्वारेन्टिनमा बस्दै आएका थिए ।

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६