काठमाडौं १ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मागबमोजिम निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताएकी छिन्। यसका लागि उनले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न सक्ने विश्वासिलो आधारसहित आउन आग्रह गरिन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को साधारणसभामा मन्त्री भुसालले यस्तो बताएकी हुन्।उनले भनिन्, ‘अहिले नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी…