“गैडहवा ताल घुम्न जाऔं, डुङ्गामा चढी सरर रमाऔं, नेपाल भ्रमण वर्ष, २०२० सफल पारौं” “बाह्य र आन्तरिक पर्यटन प्रर्वद्धन गरौं, गैंडहवा ताल महोत्सव २०७६ सफल पारौं” र “हाम्रो अभियान पर्यटकको मान सम्मान, गैंडहवा ताल हाम्रो शान“ भन्ने नारा सहित फागुन १ गते देखि शुरु गैडहवामामा शुरु भएकोे प्रथम गैडहवाताल महोत्सव २०७६ को समय बढाइने भएको छ।हिजो बसेको गैडहवा गाउपालिकाको बैठकले रुपन्देही जिल्लाकै ठूलो र प्रदेश नं। ५ कै नमूना ताल बन्न सक्ने गैडहवातालको प्रबद्र्धन गर्न र नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गरी संचालन गरिएको प्रथम गैडहवाताल महोत्सव–२०७६ फागुन १० गते सम्म संचालन हुने भनिएकोमा महोत्सवलाई भब्य बनाउन महोत्सवमा स्थल संख्या बढाउने र महोत्सवको समयावधी थप ५ दिन बनाई फागुन १५ गते सम्म पु¥याउने गैडहवा गाउपालिका वार्ड नं। ८ का वडा अध्यक्ष तथा प्रचार प्रसार उपसमितिका संयोजक भुवन बहादुर रानाले जानकारी दिनु भएको छ ।
७ फाल्गुन २०७६, बुधबार
प्रतिक्रिया