प्रदेश

इश्मामा पशु स्वास्थ्य शिबिर



गुल्मी ११ फागुन । इश्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले शिबिरबाट भरपुर सेवा लिन स्थानीयलाई आग्रह गरेका छन् ।भेटेनरी अस्पताल तथा पशुसेबा बिज्ञकेन्द्र पाल्पा र सम्पर्क केन्द्र गुल्मीको आयोजना र इश्मा गाउँपालिकाको सहआयोजनामा एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिबीरको इश्मा रजस्थलमा उदघाटन गर्दै बिष्टले शिबिरबाट सक्दो धेरै सेवा संगै परामर्श लिन बिष्टले  आग्रह गरेका हुन् । शिबिरमा पशुहरुको समस्याको बारेमा बुझी निशुल्क औषधी र परामर्श सेवा उपलब्ध गराइने बिज्ञ केन्द्र पाल्पाका पशुचिकित्सक अनिल शर्माले जानकारी दिए । शिबिरमा इश्मा गाउँपालिकाका स्थानीयहरुले पशुसम्बन्धी देखिएका समस्याहरुको बारेमा परामर्श लिई निशुल्क रुपमा औषधी लिनेको भिड लागेको छ । गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा निशुल्क रुपमा शिबिरको आयोजना गर्ने  कार्यक्रम रहेको सम्पर्क केन्द्र गुल्मीका प्राबिधिक डिल्लीराज मरासिनीले जानकारी दिए । इश्मा गाउँपालिका वडा नं ५का वडा अध्यक्ष कलानिधि तिवारीको अध्यक्षतामा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टको प्रमुख आतिथ्यतामा वडा नं २का वडा अध्यक्ष टिका रेश्मीको बिशेष आतिथ्यता रहेको थियो । 

प्रकाशित : ११ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६