प्रदेश

एक हजार ५ सय गाईबस्तुहरुको निशुल्क उपचार



गुल्मी, १२ फागुनगुल्मीमा पशु स्वास्थ्य शिबिरबाट एक हजार ५११ गाईबस्तुहरुको निशुल्क रुपमा  औषधी उपचार भएको छ । भेटेनरी अस्पताल तथा पशुसेबा बिज्ञकेन्द्र पाल्पा र सम्पर्क केन्द्र गुल्मीको आयोजना र इश्मा गाउँपालिकाको सहआयोजनामा एक दिने पशु स्वास्थ्य तथा बाझोपन निवारण शिबीरमा एक हजार ५११ गाईबस्तुहरुको उपचार एवम निशुल्क रुपमा औषधी बितरण गरिएको सम्पर्क केन्द्र गुल्मीका छैटाँै प्राबिधिक अधिकृत  डिल्लीराज मरासिनीले बताउनुभयो ।

        शिबिरमा एकसय ५३ भैसी , पाँचसय ८१ बाख्रा  ९६ गाइगोरु  र छ सय ८१ कुखुराहरुको निशुल्क रुपमा औषधी उपचार गरिएको बिज्ञ केन्द्र पाल्पाका पशु चिकित्सक अनिल शर्माले उल्लेख गर्नुभयो । पशुहरुमा देखिने समस्याहरुको बारेमा परामर्श ,एवम जुका , पखला , ज्वरो लगायत जुम्राको औषधी बितरण लगायत पशुहरुमा देखा पर्ने बाँझोपन निवारणका लागि औषधी उपचार गरिएको शर्माले जानकारी दिनुभयो । 

        शिबिरमा इश्मा गाउँपालिकाका स्थानीयहरुले पशुसम्बन्धी देखिएका समस्याहरुको बारेमा  उपचार ,परामर्श लिई निशुल्क रुपमा औषधी लिनेको भिड लागेको थियो । शिबिरको उदघाटन गर्दै इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले यसरी गाउँघरमै आएको शिबिरबाट जति सक्दो धेरै सेवा  र परामर्श लिन आग्रह गर्नुभएको थियो । यसरी गाउँमै पशुहरुको स्वास्थ्य शिबिर आएर सेवा लिन पाउँदा स्थानीयहरुलाई धेरै फाइदा पुगेको र गाइबस्तुहरुको पनि उपचार गर्नुपर्दो रहेछ भन्ने चेतनाको बिकास भएको इश्मा गाउँपालिकाले जनाएको छ । गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा निशुल्क रुपमा पशु स्वास्थ्य  शिबिरको आयोजना गर्ने  कार्यक्रम रहेको सम्पर्क केन्द्र गुल्मीले जनाएको छ । 

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६