खेलकुद

शिवराजमा खेलकुद महोत्सव सुरु,



कपिलवस्तु १२ फाल्गुन ।  कपिलवस्तुको शिवराज नगरपालिकाको आयोजना खेलकुद महोत्सव सुरु भएको भएको छ । एकै पटक नगरप्रमुख कप,उपप्रमुख कप र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्धघाटन भएको हो । विगतका वर्षमा नगरपालिकाले  छुटै खेल आयोजना गर्ने भएपनि यस वर्ष भने एकै पटक खेल आयोजना गरेको भएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत नगरप्रमुख कपको लागि ६ लाख ५० हजार,उपप्रमुख कपको लागि २ लाख र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि १ लाख बजेट विनियोजन गरेकोथियो।राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोतामा भलिबल ,कबड्डी,एथलेटिक्स,दौड,हाईजम्प,लम्जम्प,टिपलजम्प,सुटपुट,ज्यावलिङ्ग थ्रो,कराते प्रतियोगिता हुने छ । त्यस्तै मेयर कपमा फुटबल र क्रिकेट,उपमेयर कपमा फुटबल र कराते प्रतियोगिता हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतक शेषकान्त पौडेलले बताउनुभयो । शिवराज नगरपालिका ५ चन्द्रौटा राष्ट्रिय माविको खेलमैदान,समिति खेलमैदान र शिवपुर खेलमैदानमा प्रतियोगिता हुने छ ।

                    खेल उदघाटन गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले नगरपालिकाले खेलाडीहरुलाई संरक्षण गर्दै राष्ट्रिय स्तरसम्म पुर्याउने बताउनुभयो । नगरप्रमुख उपप्रमुख कपमा फुटबल खेलमा १२ समुह,भलिबल खेलमा ३ समुह,क्रिकेट २ समुह,करातेमा २ समुह दर्ता भएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख लोकराज पन्थिले बताउनुभयो । खेलले नगरभित्रका खेलाडी क्षमता विकास हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नगरपालिकाले विगतका वर्षहरु पनि यस्ता खेलहरु आयोजना गरेको भन्दै यसपटक सवै खेललाई एकैपटक आयोजना गरेको बताउनुभयो ।सवै वडा तथा विद्यालयका विद्यार्थीहरुलाई खेलमा सहभागी गराएको बताउनुभयो । “यो स्थानिय स्तरको खेल हो,यसै वाट प्रदेश हुदैँ राष्ट्रिय खेलाडी बन्न सकिन्छ” मेयर अधिकारीले भन्नुभयो “खेललाई मर्य्दित तथ भव्य रुपमा सम्पन्न गर्नुपर्छ ।”कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता सरोज पौडेल,नेपाली काग्रेसका नगरसभापति मधु पोख्रेल,समाजवादी पार्टीका नगर अध्यक्ष कृष्णकुमार चौधरी,शिक्षकहरुले खेलमा शुभकामना दिएका थिए ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६