सूचना र प्रविधि

सोमानी सेरामिक्सको उत्पादन बुटवलमा



बुटवल, १२ फागुन । सिद्धार्थ ओभरसिजले घर सजावटमा उपयोगी सोमानी सेरामिक्स टायलका विभिन्न सामाग्री बजारमा ल्याएको छ । बुटवलको कालिकानगरमा नयाँ सोरुम स्थापना गर्दै ओभरसिजले सोमानी सेरामिक्सले उत्पादन गरेका टायलको विक्री सुरु गरेको हो ।ओभरसिजका संचालक विकास अग्रवालले बढ्दो शहरीकरण भरहेको रुपन्देहीलाई लक्षित गरि घर निर्माणका सबै सामाग्री सोरुममा उपलब्ध रहेको बताउनु भयो । सोरुमको शनिवार उदघाटन गर्दै कम्पनीका भाईस प्रेसिडेन्ट सुजितकुमार मोहन्तीले बजारको माग र उपभोक्ताहरुको चाहनालाई मध्यनजर गरि विश्वबजारमा घर सजावटलाई आवश्यक पर्ने सामाग्रीहरु ल्याएको बताउनु भयो ।हरेक चार महिनामा टायलका नयाँ नयाँ उत्पादन बजारमा आउने गरेको उहाँले बताउनु भयो । कम्पनीका सहायक प्रवन्धक प्रदिपकुमार झाले नेपालका मुख्य शहरहरुमा आकर्षक सोरुम मार्फत उपभोक्ताहरुलाई सेवा दिदै आएको बताउनु भयो । कम्पनीले बजारको माग हेरी टायल, बाथवेयर, एडेसीका सामाग्रीहरु उत्पादन गर्दै आएको बताउनु भयो । 

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६