अर्थ-वाणिज्य

बुटवल–नारायणगढ सडकमा कोरोनाको प्रभाव



रुपन्देही १४ फागुन चीनको उहान शहरबाट सुरु भएको कोरोना संक्रमणको प्रभाव अव बुटवल नारायणघाट सडक विस्तारमा पनि परेको छ । चीनबाट प्राविधिक र कामदान समयमै नआउँदा १ सय १३ किलोमिटर लामो उक्त आयोजना निर्माणमा विलम्ब भएको छ ।एक वर्ष अघि गत चैत ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको उक्त सडक आयोजना निर्माणका लागि एक सय बढी प्राविधिक र कामदार चीनबाट ६ महिना अघि नेपाल आएका थिए । 

        पछि चीनमा नयाँ वर्षको पूर्व सन्ध्यामा तीन महिना अघि चीन गएका चिनीयाँ प्राविधिक र कामदार कोरोना भाईरसका कारण नेपाल आउन सकेका छैनन । सडक निर्माण आयोजनाले चीन सरकारले आफ्ना देशका नागरिकलाई संक्रमणकै कारण बाहिरी देश पठाउन रोकेपछि त्यसको असर नेपालको सडक निर्माणमा परेको हो । यसअघि पनि चिनीयाँ प्राविधिक र उपकरण नआउँदा राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । 

        कोरोना संक्रमणका कारण उक्त विमानस्थल निर्माणको काम करिव ६ महिना पछि धकेलिने आयोजनाका प्रमुख प्रवेश अधिकारले जानकारी दिनुभयो । दाउन्ने–गैडाकोट सडक खण्ड निर्माण साईटका प्रमुख सुजन अधिकारीले नयाँ वर्ष मनाउन चीन गएका चिनियाँ प्राविधिक र कामदार नफर्किएपछि  राजमार्ग निर्माण कार्य रोकिएको हो पुष्टी गर्नुभयो । 

        नयाँ वर्ष मनाउन स्वदेश पुगेका वेला चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरु नेपाल फर्कन समस्या भएको उहाँको भनाई छ । बुटवल नारायणगढ खण्डको १ सय १३ किलोमिटर खण्ड निर्माण चिनियाँ कम्पनी चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले गरिरहेको छ । 

        कम्पनीका फिल्ड इञ्चार्ज लिन हुंग ताओसहित व्यवस्थापन हेर्ने १५ चिनियाँ नयाँ वर्ष मनाउन स्वदेश गएर नफर्किएका कारण निर्माण कार्य रोकिएको बताइएको छ ।  आगामी चार वर्षभित्रमा सडक विस्तार सक्ने योजनामाथि कोरोनाकै कारण विराम लाग्ने निश्चित भएको छ ।   शहरी क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा ४ लेनमा उक्त सडक निर्माण तथा विस्तारका लागि अहिले विद्युत पोल सार्ने र सडकको किनारमा रहेका रुखहरु नम्बरिङ गरी काट्ने काम भैरहेको आयोजनाले जनाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६