प्रदेश

शिक्षक अभिभावक बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न



फागुन १५ बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा शिक्षक अभिभावकबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।क्याम्पसमा संचालित स्वायत्त कार्यक्रम अन्तर्गत सेमेस्टर प्रणालीमा आधारित बिबिए कार्यक्रमको पहिलो सेमेस्टरमा भएका गतिविधि, विद्यार्थी उपलब्धि, अभिभावकको अनुभव सुझाव र आगामी गतिविधि सम्बन्धमा बिबिए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुका अभिभावकबिच क्याम्पसले सो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षक अभिभावक संघ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष लोकराज शर्माले क्याम्पसको शैक्षिक उन्नतिका लागि यसप्रकारको अन्तरक्रिया कार्यक्रम अत्यावश्यक रहेको बताउदै अभिभावकले पनि समय समयमा रचनात्मक सुझाव प्रदान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा उठेका जिज्ञासा तथा प्रश्नहरु बारे प्रकाश पार्दै क्याम्पस प्रमुख प्राध्यापक डा तारा प्रसाद उपाध्यायले क्याम्पस प्रशासनले विद्यार्थीको सिकाईको चाहना, अभिभावकको रचनात्मक सुझावको अपेक्षा सधै गर्ने भएकोले शिक्षक, विद्यार्थी र अभिभावकले शिक्षाको दियोमा आआफ्नो स्थानबाट तेल थपिरहनुपर्ने विचार व्यक्त गर्नुभयो। साथै उहाले क्याम्पसको थप शैक्षिक गुणस्तर तथा भौतिक विकासका लागि आएका रचनात्मक सुझावहरुको कार्यान्वयन गरिने कुरा बताउनुभयो।

                       कार्यक्रममा बोल्दै पब्लिक क्याम्पस प्राध्यापक संघ केन्द्रिय अध्यक्ष गोपाल प्रसाद पाण्डेले विद्यार्थीको अध्ययन गर्ने शैली समय सङ्गै परिवर्तन भएकोले अभिभावकहरुले विद्यार्थीलाई प्रबिधिको सदुपयोग गर्दै असल सिकाइको वातावरण मिलाइदिनुपर्ने बताउनुभयो ।बिबिए कार्यक्रम संयोजक ललितमान श्रेष्ठले स्वागत मन्तव्य राख्दै बिबिएका विद्यार्थीहरुलाई अध्ययनमा मात्र केन्द्रित नगराई चौतर्फी विकासका लागि शैक्षिक तथा खोजमुलक अनुसन्धान भ्रमण, अतिरिक्त क्रियाकलाप, तालीममा पनि जोड दिने गरिएको बताउनुभयो। अन्तरक्रिया कार्यक्रमको संचालन काउन्सिलिङ एन्ड प्लेसमेन्ट सेल संयोजक उपप्राध्यापक डिल्लिराज गौतमले गर्नुभएको थियो।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६