अर्थ-वाणिज्य

आध्यात्मिक श्रीमदभागवत ज्ञान महायज्ञमा १० लाख बढि नगद संकलन



फागुन १५ कञ्चन । विश्व शान्ती जनकलयाण बैदिक सनातन धर्म जागरण एवं कर्मकाण्ड प्रशिक्षण केन्द्र भवन निर्माणका लागि कञ्चन गाउपालिका वार्ड नं. ३ झारगैरा स्थित राधाकृष्ण मन्दिर परिसरमा गत फागुन १ गते देखि आध्यात्मिक श्रीमदभागवत ज्ञान महायज्ञ संचालन गरिएको छ । राधाकृष्ण मन्दिर ब्यबस्थापन समिति तथा श्रीमदभागवत ज्ञान महायज्ञ आयोजक मूल समिति,कञ्चन–३,झारगैरा रुपन्देहीको आयोजनामा संचालित महायज्ञमा  करिव १० लाख नगद संकलन भएको छ । महायज्ञमा दान गर्ने भक्तजन तथा श्रद्धालुहरुको आकर्षण भैरहेको र दैनिक रुपमा दान संकलन भइरहेको राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका सचिव पर्शुराम सापकोटाले जानकारी दिनु भएको छ । फागुन ११ गते कलश यात्राबाट शुरु गरिएको महायज्ञबाट संकलित रकमले कञ्चन–३ स्थित झारगैरामा रहेको राधाकृष्ण मन्दिर परिसरमा बिश्व शान्ती जनकलयाण बैदिक सनातन धर्म जागरण एवं कर्मकाण्ड प्रशिक्षण केन्द्र भवन निर्माण गरिने श्रीमदभागवत ज्ञान महायज्ञ आयोजक मूल समितिका संयोजक नन्दलाल रेग्मीले बताउनु भएको छ ।दैनिक रुपमा अन्तराष्ट्रिय ख्यातीप्राप्त प्रखर युवा बिद्धान स्वामी डा. चक्रपाणी आचार्यबाट संगितमय आध्यात्मिक श्रीमदभागवत ज्ञान तथा संगितमय भजन कृतन,भागवत आराधाना पाठ परायण बाचन भइरहेको महायज्ञ यही फागुन १८ गते सम्म संचालन हुने राधाकृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देबी प्रसाद उपाध्ययले बताउनु भएको छ ।श्रीमदभागवत ज्ञान महायज्ञ आयोजक मूल समितिका सदस्य गणेश आचार्यका अनुसार कञ्चन ३ झारगैरा निवासी प्रजापती सापकोटाले १ लाख १ सय १५ रुपैया दान गरी सबैभन्दा बढी दान गर्ने ब्यक्ति बन्नु भएको छ भने कञ्चन ३ कै शालिकराम सापकोटाले ५५ हजार ५ सय ५५ रुपैया,रबिलाल सापकोटाले २१ हजार ६ सय  रुपैया,महेन्द्र अधिकारीले २१ ह्जार १ सय २१ रुपैया,दुर्गा प्रसाद रिजालले १५ हजार ५ सय १द्द रुपैया,खगराज कडेलले १५ हजार रुपैया,नवराज सापकोटा र टिकाराम सापकोटाले जनही ११ हजार १ सय ११ रुपैया दान गरेका छन । भने रु. ५ हजार भन्दा माथी सम्म दान गर्ने २ सय भन्दा बढी दानदात भएको श्रीमदभागवत ज्ञान महायज्ञ आयोजक मूल समितिका सदस्य महेन्द्र अधिकारीले बताउनु भएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६