खेलकुद

भलवाडमा वाड स्तरीय युवा क्लव गठन



कपिलवस्तु,२० फागुन । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–९ भलवाडमा  वाड स्तरीय युवा क्लव गठन गरीएको छ । जिनुवा खोजिपुर सामुदायिक वनको हलमा वडा अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षमा भएको एक भेलाले दुई जना सदस्य पछि थप गर्ने गरी चुरामणि अर्यालको नेतृत्वमा १५ सदस्यीय वडा स्तरीय भलवाड युवा क्लव गठन गरेको हो । जसको उपाध्यक्षमा रमेश के.शी.,सचिवमा राजन अर्याल, कोषाध्यक्षमा अनिता कुँवर, सह.सचिवमा धना पौडेल रहनुभएको छ । त्यस्तै अन्य सदस्यहरुमा गोपाल सिँह वेल्वासे, नेत्र प्रसाद खनाल, लक्ष्मी दर्जी, नवराज गुरुङ, सुदर्शन थारु, मन्जु गिरी, विनोद पुन, दिनेश रायमाझि रहनुभएको छ । भलवाडका ९ वटा टोलमा रहेका क्लवहरुको समन्वयमा वाडमा खेलकुद प्रयोगिता लगाएत अन्य सामाजिक कार्यहरु गर्ने उदेश्यले सवै टोल तथा क्लवहरुको प्रतिनिधित्व हुनेगरी वाड स्थतरीय युवा क्लव गठन गरीएको लिङकन सोसाईटी क्लव जिनुवाका अध्यक्ष दुर्गा थापाले जानकारी दिनुभयो ।

                            हाल भलवाडमा युनाइटेड युथ क्लव पडरिया, गोल्डेन स्टार युवा क्लव भर्लावास, प्रयास सामाजिक युवा क्लव भर्तापुर,चन्द्र सूर्य युवा क्लव बर्दहवा, लिङकन सोसाईटी क्लव जिनुवा, साहारा युवा क्लव भलवाड, सिद्धार्थ गौतम बुद्ध युवा क्लव चौहवा, सुर्यौदय युवा क्लव पश्चिम जिनुवा गरी ८ वटा क्लव रहेका छन् ।साविकका ९ वटा वडालाई समेटेर हाल भलवाड एउटा मात्र वाड भएकाले यहाँ रहेका सम्पूर्ण क्लवलाई नेतृत्व गर्दै वाड स्तरीय क्लव गठन गरेर अगाडी बढ्दा नगरपालिकाबाट विनियोजीत बजेटले वाडमा राम्रो खेलकुद प्रतियोगिताका अन्य सामाजिक कार्य गर्न सहन हुने उदेश्यले युनाइटेड युथ क्लवको पहलमा आज क्लव गठन गरीएको हो ।वाणगंगा नगरपालिका वडा नम्बर–९ का अध्यक्ष धुव्र वेल्वासेको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य नुमलाल थारु लगाएत अन्य युवाहरुको उल्लेखिनिय सहभागीता रहेको थियो । आज भएको भेलाले आउदै गरेको फागु पूणिमाको अवसरमा यहि फागुन २५ गते देखी २७ गते सम्म युनाइटेड युथ क्लव पडरियाको आयोजनामा वाड स्तरीय नक आउट भलिवल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको नव निर्वाचित अध्यक्ष चुरामणि अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६