सूचना र प्रविधि

रङ्गहरुको उत्सव सुरु ,घर भित्रै होली सडक हुनेभए खाली



काठमाण्डौ २१ फागुन । रङ्गहरुको उत्सव होली अर्थात् फागु पर्व औपचारिक रुपमा सुरु भएको छ । काठमाण्डौको वसन्तपुरमा लिङ्गो ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलनअनुसार मङ्गलबार बिहान लिङ्गो ठड्याइएको हो ।रङ्गिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो ।

        यो वर्षको होली पहाडमा आउँदो सोमबार र तराईमा मंगलबार परेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । कोरोनाका कारण समुहमा जान नमिल्ने र अरुको संपर्र्कमा नजिक आउन नहुने कारणले यसपाली घर भित्रै होली हुने भएपछि  सडक  खाली हुने भएका हुन् ।  पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ ।

प्रकाशित : २० फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६