काठमाण्डौ २१ फागुन । रङ्गहरुको उत्सव होली अर्थात् फागु पर्व औपचारिक रुपमा सुरु भएको छ । काठमाण्डौको वसन्तपुरमा लिङ्गो ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलनअनुसार मङ्गलबार बिहान लिङ्गो ठड्याइएको हो ।रङ्गिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो ।
यो वर्षको होली पहाडमा आउँदो सोमबार र तराईमा मंगलबार परेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । कोरोनाका कारण समुहमा जान नमिल्ने र अरुको संपर्र्कमा नजिक आउन नहुने कारणले यसपाली घर भित्रै होली हुने भएपछि सडक खाली हुने भएका हुन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ ।
प्रतिक्रिया