पर्यटन

‘सबैको मनमनमा साझेदारी बन यसरी पुग्यो’



कपिलवस्तु २५  फागुन । लुम्विनी साझेदारी बन ब्यवस्थापन समितिका सदस्य सचिव एवम सहायक बन अधिकृत धनिश्वर न्यौपानेले स्थानीय सरकार र साझेदारी बन एकाकार हुनु आवश्यक रहेको वताउनु भएकोछ । उहाले स्थानीय सरकारले बन विकास र वाताबरणको नीति तर्जुमा गर्ने र उपभोक्ताको हीतमा लागु गर्ने ठाउ स्थानीय बनहरु नै भएकाले यी दुई बीच सिधा तालमेल भएमा विकास निर्माण सिघ्र हुने वताउनु भएको छ । 

        उहाले स्थानीय तहले साझेदारी बनसंग नजिकवाट ब्यवहार गर्ने वाताबरण बन्नु पर्ने औल्याउनु हुन्छ । बनजंजल क्षेत्र भित्र डम्पीङ साइट बनाउने , विभिन्न सार्वजनिक पार्क र खेलकुद मैदान बनाउने जस्ता कतिपय सवालमा स्थानीय सरकार र साझेदारी बन बीच सोचाईमा फरकपन देखा परेको वताउदै असमझदारी हटाउनु पर्ने उहाको भनाइछ । 

             यता लुम्विनी साझेदारी बन क्षेत्रमा जमानादेखि वन कब्जा गरेर बसेकाहरु उठ्नु पर्दा बिरोध भएपनि अरु हिसावले स्थानीयको साथ समर्थन मिलेको उहाको तर्कछ । वनबाटै समृद्धि हासिल गर्न र वन स्रोतको दिगो सदुपयोग गर्न वनको बैज्ञानिक ब्यवस्थापन लागु भएको उहाको भनाइछ 

        बैज्ञानिक बन ब्यवस्थापन लागु हुदाँ वन ब्यवस्थापनका लागि कम्पार्टमेन्ट सब कम्पार्टमेन्ट निर्माण हुने , आगोलागीवाट वचाउन  फायरलाईन निर्माण हुने ,बाक्लो संग उम्रिएका विरुवा पातलो पार्न थिनिङ्ग गरिने , वोट विरुवा नभएका ठाउमा  पुर्नरुत्पादन गरिने र ,ढलपाडा रुखलाई संकलन गरेर काठ दाउराको रुपमा उपभोक्तालाई उपलब्ध गराउने गरेवाट यतिबेला साझेदारी बन सबैको मनमनमा बस्न सकेको उहाले दावि गर्न भयो । 

प्रकाशित : २४ फाल्गुन २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६