अर्थ-वाणिज्य

श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित



काठमाडौ ३० फागुन । नेपाल सरकारले वैदेशिक रोजगारका लागि दिइएने श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गरेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरेसँगै नेपाल सरकारले पनि श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गरिएको छ ।बिहीबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले श्रम स्वीकृति अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि दिइने नो अब्जेक्सन लेटर पनि रोकिएको छ ।कतार सरकारले केही दिन अगाडि नै नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेश रोक लगाइसकेको छ ।

          स्थलगत आवागमनका अन्तर्राष्ट्रिय सीमा नाकाबाट अत्यावश्यक सामग्री आयात निर्यात बाहेक अन्य आवातजावत रोकेको सरकारले हवाई उडान समेत रोकिसकेको छ ।विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक बाहेकका अवस्थामा यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले अनअराइभल भिषा समेत रोकिसकेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६