अर्थ-वाणिज्य

शाइन रेसुंगाको १५% बोनस सेयर



काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५% बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ३९ करोड ३४ लाख ३५ हजार रुपैयाँ बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस नेपाल राष्ट्र बैंक र बैंकको अगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड २९ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ३ अर्ब १ करोड ६३ लाख रुपैयाँ पुग्नेछ । यस बैंकले आर्थिक वर्ष २०७४–०७५ मा लगानीकर्तालाई १७.७% बोनस सेयर दिएको थियो । 

 
शाइन र रेसुंगा गाभिएका कारण गाभिएको मितिले २ वर्ष पूरा नभएका अवस्थासम्मका सेयरधनीले बोनसमा लाग्ने कर तिर्नुपर्दैन । अर्थात् गाभिनु अघि कायम रहेका सेयरधनीले कर तिर्नुनपर्ने र गाभिइसकेपछि कायम भएका सेयरधनीले भने कर तिर्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६