अर्थ-वाणिज्य

सैनामैनमा अनिश्चितकालीन साप्ताहिक हाटबजार बन्द



खस्यौली, ६ चैत । रुपन्देहीको सैनामैना नगरपालिकामा आजदेखि अनिश्चितकालका लागि साप्ताहिक हाजबजार बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को सर्तकता अपनाउनका लागि नगरपालिकामा पनि साप्ताहिक हाजबजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिनुभयो ।  

        नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरसबाट सतर्कता अपनाउन साप्ताहिक हाटबजार बन्द गर्ने, नगरमा कुनै पनि भेला, गोष्ठी, सेमिनार, सभासम्मेलन नगर्ने निर्णय गरिएको पौडेलले बताउनुभयो । नगरपालिकाका रन्यौरा, मुर्गिया, सालझण्डी, कलौनी, रानीबगियालगायतका ठाउँमा हाटबजार लाग्दै आएको छ ।

         माध्यमिक शिक्षा परीक्षा एसईईको तयारीमा रहेका विद्यार्थीलाई दैनिकरूपमा कार्यतालिका बनाएर घर–घरमा पुग्न विद्यालयलाई निर्देशन दिइनेसमेत निर्णय भएको नगरपालिकाले जनाएको छ । भाइरस सङ्क्रमणबाट सचेत रहन र सर्तकता अपनाउन यसअघि नै पर्रोहा स्वास्थ्य चौकी मुर्गियाका डा प्रकाश खरेलको संयोजकत्वमा नौ सदस्यीय (आरआरटी) समिति चयन गरिसकेको छ । (रासस) 

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६