अर्थ-वाणिज्य

दुर्गम बिजयनगरको सुगम यात्रा,धुलो र हिलो मुक्त वनाउने लक्ष्य ७० प्रतिशत हासिल, सबै वडा जोड्ने रिङरोड संचालन उन्मुख



कपिलवस्तु १० चैत्र दुर्गम बिजयनगरको सुगम यात्रा सहज बन्दै गएर धुलो र हिलो मुक्त वनाउने  लक्ष्य ७० प्रतिशत हासिल भएको तथ्य प्राप्त भएको छ । जनप्रतिनिधी निर्वाचित हुदाका वखत सम्म १ किमी समेत कालोपत्रे नभएको विजयनगरमा  सबैवडा कालोपत्रे सडकले  जोड्ने र रिङरोड संचालन गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थापाको भनाईछ । यसै आवमा यो रिङरोड संचालनमा आउने वताइएको छ । त्यसो त शिक्षा,स्वास्थ्य कृषि र भौगोलिक हिसाबले दुर्गम मानिएको बिजयनगर गाउपालिकालाई सुगम बनाउदै गईरहेको गाउपालिका अध्यक्ष गोपल बहादुर थापा मगरले बताउन भुएको छ । 

                शिक्षा,स्वास्थ्य कृषि र भौगोलिक हिसाबले दुर्गम मानिएको बिजयनगर गाउपालिकालाई सुगम बनाउदै गईरहेको गाउपालिका अध्यक्ष गोपल बहादुर थापा मगरले बताउन भुएको छ ।  अध्यक्ष थापाले भौतिक पूर्वाधारको क्षेत्रमा गाउपालिकाबाट  राजमार्गमा पुग्ने १२ किलोमिटिर सडकलाई प्रदेश सरकारको समन्वयमा कालोपत्रे भैरहेको र अन्तिम चरणमा पुगेको  बताउनु भएको छ । गाउपालिकाका सबै गाउहरुलाई जोड्ने सडक स्तरोन्नतीको काम भैरहेको बताउदै रिङरोडको काम पनि तिब्र गतिमा अघि बढिरहेको उहाले प्रष्टाउनु भयो ।

            अध्यक्ष थापाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको बताउदै केही दिनमै एम्बुलेन्स पनि खरिद गर्ने तयारी भैरहेको औल्याउनु भयो । गाउपालिकामा शिक्षाको अवस्था नाजुक रहेको बताउदै गाउपालिकाले ४० जना स्वयमसेव शिक्षक भर्ना गरेको ९ जना मौलना र ६ वटा समुदाय स्तरको बालबिकास सञ्चालनमा सहयोगी शिक्षक उपलब्ध गराएको उहाले प्रष्टाउनु भयो । उहाले प्रदेश सरकारको कार्यक्रम भित्र परेको घरको छानोमुक्त कार्यक्रमलाई मध्यनजर गर्दै गाउपालिकाले टिनका पाता वितरण गर्दै आएको जानकारी गराउनुभयो ।

         अध्यक्ष थापाले कुनै पनि कर्मचारीले बिजयनगर गाउपालिकालाई नरोजेको गुनासो गर्दै गाउपालिकामा प्रर्याप्त कर्मचारी नहुदा सोचे अनुरुपका काम हुन नसकेको बताउनुभयो । सबै गाउहरुमा धुलो र हिला रहित गाउपालिका घोषणा गर्ने क्रममा ७० प्रतिशत काम सम्पन्न गरेको उहाको भनाई छ । प्रदेश सरकारको २० करोडको लगानीमा कालोपत्रे गर्ने आरटीओ सडकको काम पनि धमाधम चलिरहेको जानकारी गराउनुभयो ।यस्तै उहाले गाउपालिकामा केही सुकुम्बासी रहेको र लालपूर्जाबिहिन भएकोले आफ्नो कार्यकालभित्र लालपुर्जा वितरण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

            उहाले अवको २/३ बर्षभित्र सबैको घरमा शौचालय निर्माण गरिदिने बताउदै गाउपालिकामा शौचालय अनुदान कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनुभयो । केन्द्र र प्रदेश सरकारले पनि गाउपालिकालाई सम्बोधन गरेको उहाको भनाई छ । 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६