ब्रेकिंग न्युज

फ्रान्सबाट फर्किएकी एक नेपाली बिद्यार्थीलाई कोरोना भाइरस पुष्टि



काठमाडौ १० चैत्र । फ्रान्सबाट फर्किएकी एक नेपाली बिद्यार्थीलाई कोरोना भाइरस पुष्टि भएको छ।उनको हाल टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौ‌मा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्।उनी १९ वर्षीय विद्यार्थी रहेको बताइएको छ। उनको सम्पर्कमा रहेका केही व्यक्तिलाई पनि निगरानी राखिएको उनले बताए।उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने छ ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६