प्रदेश

तिलोत्तमा नगरपालिकाद्वारा श्रमिक मजदुरका लागि राहत घोषणा



रुपन्देही, १४ चैत । रुपन्देहिको तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग समुदायलाई लक्षित गरी राहत घोषणा गरेको छ । विहिवार बिहान बसेको सचिवालय बैठकले लगडाउनबाट प्रभावित भई दैनिक छाक टार्न समस्या भएका परिवारलाई राहत दिने निर्णय गरेको हो । पहिलो चरणमा साँझ बिहानको छाक टार्न समस्या भएकालाई प्रति परिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराउने निर्णय तिलोत्तमाले गरेको हो । टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले राहत उपलब्ध गराउने प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । नगरपालिकाले दैनिक ज्याला मजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहिता निर्वाह गर्न समेत ध्यानाकर्षण गराएको छ । सचिवालय बैठकले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । यसअघि नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने उल्लेख गर्नुभएको थियो । नगर प्रमुख घिमिरेले लकडाउनले दैनिक ज्याला मजदुरी गरेर कसैलाई साँझ बिहानको छाक टार्न अत्यन्त समस्या भएको छ भने आफ्नो टोल विकास संस्थामार्फत् सम्बन्धित वडाध्यक्षलाई खबर गर्नुहुन अनुरोध गर्नुभएको छ । 

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६