अर्थ-वाणिज्य

मजदुरको जीवन रक्षाको माग, खान समस्या भए हाम्रो जिम्मा : मेयर



कपिलवस्तु १५ चैत्र कोरोना कारण सिंगो मुलुक लक डाउन भएका बखत जीविको पार्जनकालागि समस्या भोगि रहेका मजदुरको जीवन रक्षा गर्न कपिलवस्तुका नागरिक संघ सस्थाले साझा अपिल प्रकासित गरेका छन् । नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख वहादुर पछाँई, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे ,पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल ,उद्योग बाणिज्यसंघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेलले संयुक्त विज्ञप्ती मार्फत कपिलवस्तुका सबै स्थानीय सरकारहरुले अविलम्व मजदुरको जीविको पार्जनमा सघाउने गरी राहत प्याकेज घोषणा गर्न ढिलाई गर्न नहुने स्पष्ट पारेका हुन् ।

        नागरिक संघ संस्थाको अपिलसंगै लामो लकडाउनपछि  कपिलवस्तुका मजदुरको जीविको पार्जनमा स्थानीय सरकारले के सोचि रहेका छन् भन्ने विषयमा हामीले विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखलाई सोधेका छौं । सोही क्रममा बाणगगामा मेयर मंगल थारुले नगरभित्र खान नपाएर भोकै बस्न नपर्ने ब्यवस्था मिलाउने प्रतिबद्धता जनाउनु भयो । अवस्था हेरि केहि दिनमा प्याकेज घोषणा गर्ने उहाको भनाइ छ ।यता शिवराजका मेयर नेत्रराज अधिकारीले  हरेक वडामा दैनिक काम गरेर खाने मजदुरको  सूची तयार भएको र वडाध्यक्षले उनीहरुको अवस्था नियाली रहेकाले आवश्यक परे तत्काल राहत दिने तयारीमा रहेको वताउनु भयो । 

प्रकाशित : १५ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६