ब्रेकिंग न्युज

तिलोत्तमाले तोक्यो अत्यावश्यक खरिद—बिक्रीको समय, दुरी कायम नगरे पक्राउ गर्न निर्देशन



तिलोत्तमा १७ चैत । तिलोत्तमा नगरपालिकाले लकडाउनलाई कार्यान्वयन गराउने सन्दर्भमा अत्यावश्यक सामाग्री खरिद—बिक्रीका लागि समय निर्धारण गरेको छ । खासगरी साँझ र बिहानको समयमा अत्यावश्यक सामान खरिद गर्ने नाममा सडकमा मानिसको चहलपहल बढेको पाइएपछि त्यसलाई रोक्न नगरपालिकाले आजबाट लागु हुनेगरी समय निर्धारण गरेको हो ।नगरपालिकाले दुधको खरिद—बिक्रीका लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय तोकेको छ । 

        यस्तै खाद्य, तरकारी, फलफूललगायतका अत्यावश्यक सामान खरिदका लागि बिहान ११ बजेदेखि २ बजेको समय निर्धारण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।तोकिएको समयमा व्यक्तिबीचको दुरी कम्तिमा तीन फिट कायम गरेर अत्यावश्यक सामानको खरिद—बिक्री गर्न नगरपालिकाले सबैलाई आग्रह गरेको छ । व्यक्तिगत दुरी कायम नगराई सामान खरिद—बिक्री गरे—गराएको पाइएमा पसल समेत बन्द गराइने नगरपालिकाले चेतावनी दिएको छ । 

        नगरपालिकाले तोकेको समयमा मात्र सामान खरिद—बिक्री गर्न सबैलाई आग्रह गर्दै अन्य समयमा पसल खोल्ने वा मानिसको चहलपहल भएको पाइएमा कारवाही हुने स्पष्ट पारेको छ । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि नगर क्षेत्रमा जनपथ, सशस्त्र र नगर प्रहरी परिचालन गरिएको नगर प्रमुख घिमिरेले बताउनुभयो । नगर प्रमुख घिमिरेले लकडाउनको प्रभावकारी कार्यान्वयनले कोरोना संक्रमण फैलनबाट रोक्ने भएकाले यो विषयलाई अत्यन्त संवेदनशील रुपमा लिन सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभयो । 


प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६