ब्रेकिंग न्युज

होम क्वारेण्टाइनवाट हरेकले सिटी शंख र घण्ट बजाएर एकता प्रदर्शन गर्न सिके राउतको आग्रह ,किन गरे यस्तो आवहान ?



जनकपुरधाम २२ चैत्र  जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आगामी बैशाख २ गते कोरोना भाइरसविरुद्धको लडाइँमा एकता प्रदर्शन गर्न आह्वान गरेका छन् । सम्पूर्ण जनता एकजुट रहेको सन्देश दिन ताली, शंख, सिटी, घण्ट, थाली बजाउन राउतले आग्रह गरेका हुन् ।प्रत्येक बैशाख २ गते तराई मधेसका जिल्लामा जुडशीतल पर्व मनाउने चलन छ । सो दिन बिहान ७ बजे ७ मिनेटसम्म एकता प्रदर्शन गर्न राउनले आह्वान गरेका हुन् ।

    यो एकता कोरोनाविरुद्ध लड्नमा अग्रणी भूमिका खेलिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, समाजसेवीसहित सबैलाई धन्यवाद समेत हुने राउतले बताएका छन् ।यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आग्रहमा भारतीय जनताले यसैगरी एकता प्रदर्शन गरेका थिए ।

प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६