अर्थ-वाणिज्य

भोका मजदुरको आसैआसमा ४ रात :राहत पाउनु त परै जाओस अवस्था बुझन समेत कोही आएन



कपिलवस्तु २२ चैत्र ।    फुसको छानो भएको सानो झुपडीमा बस्नु हुन्छ कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर – ४ का ७० वर्षिय खिम वहादुर परियार लकडाउनले अहिले खिम वहादुरलाई ठुलै समस्या परेको छ । उहाको समस्या हो खानाको जोहो कसरी गर्ने । परियारले हामी संग कुरा गर्दै भान्सामा रहेको आधा वट्टा नुन देखाउदै भन्नु भयो, “खानको लागि सबै सकियो शारीरिक अपाङ्गताका कारण मैले केहि गर्न सक्दैन्” त्यस घरमा बुवा र छोरा मात्र बस्दै आईरहेका छन् । उहाको पत्नीको ३ वर्ष अगाडी मृत्यु भएको थियो । “छोराले ज्याला मजदुरी गरेर केहि पैसा कमाउथ्यो तर अहिले त्यो पनी वन्द भयो” उहाले भन्नु भयो बृद्धभत्ता पनी लिन जान पाईएन । एकजनाले रासन दिएका थिए केही दिन चुलामा आगो वल्यो अव त त्यो पनी सकियो ।

             विश्वव्यापी महामारीका  रुपमा फैलिएको कोरोना भाईरसका कारण लकडाउन हुदा गरिब निमुखा जनताको घरमा आगो बोल्न पनि समस्या हुदै गएको छ ।सोहि वडाका कुमाल टोेलका दलित बस्तीमा यति बेला यस्तो समस्या देखिन थालेको छ । त्यहि टोलमा सुमित्रा परियारको ६ जनाको परिवार छ । परियारको पनि दैनिक ज्याला गरि जिविकोपार्जन गर्ने परिवारका हो । सुमित्राले हामी संग कुरा गर्दै भन्नु भयो्,“पसलेवालाले पनि उधारो दिन छाडे बोराको पिधमा अतिकति चामल मात्र छ , बिहान साझ चुल्लो बाल्न समेत धौ–धौ भैरहेको छ”  

                 यता पार्वती परियारको पनी घरमा भरे खाना खानको लागी चामल मात्र बचेको छ । उहाले भन्नु, “नगरपालिका बाट राहतका लागि तथ्यांक लिए पनि अहिले सम्म कोहि राहत दिनका लागि आएका छैनन्” त्यस्तै बुद्धभुमि नगरपालिका वडां नम्बर २ वडहराका खैरुन निशाहाको समस्या पनी खानाको जोहो कसरी गर्ने हो । गाडिको टायर पन्चंर टाल्ने,हावा भर्ने काम गरिरहनु भएका निशाहालाई अहिले छिमेकी चन्द्र श्रेष्ठको पैचोले टरेको छ ।

५५ बर्षिया निशाहाले चामल राख्ने  डेरी देखाउदै राहतका  लागि नाम टिपेर लगे तर कोहि नआउदाको दुखेसो पोख्नु भयो । त्यहि वडामा बस्दै आउनु भएका ईश्वर प्रसाद खनालको पनि समस्या उस्तै हो । यसरी हामी गरिबहरुका घर घरमा पुग्दै गर्दा वडा नम्बर ९ कि चमारी थारुको पिडा पनि कम छैन । स्थानियहरुको बाख्रा चराएर जिवन निर्वाह गर्दै आउनु भएकि थारुले ज्यालामा आश्रित भएर आफनो र परिवारको पेट पाल्दै आएकाले यतिबेला काम गर्नका लागि जान नपाउदा समस्या भईरहेको बताउनु भयो । राहत वितरण गर्न ढिलाई गर्दा अती गरीवको घरमा छाक टार्न समस्या वनेको छ । वुद्धभुमी नगरपालिका वडहराका दलित वस्ती , वुड्ढी कुमाल टोल, चमरगुनिया, कठनीहवा, जस्ता ठाउका दैनिक ज्यालादारीमा जिवनयापन गर्ने परिवार यतिबेला ठुलो संकटमा परेका छन ।यसरी गरिव निमुखाहरु खनाका लागि छटपट्टीदा समेत कतिपय स्थानिय तहको नजर गरिबको झुपडी सम्म पुग्न सकेको छैन । यता नगरपालिकाले भने शनिवार कार्यपालिकाको बैठक बसि विपद राहत कोष स्थापना गर्ने बताएको छ । कोषमा नगरपालीकाको ७५ लाख छ नगरकि उपप्रमुखले फोन सम्पर्कमा स्थानिय सघसस्था संग सहकार्य गरि राहत बितरण गर्ने बताउनु भयो । त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष पवन थारुले अब छिटै ति गरिबहरुको घरमा गएर अबस्था बुझि राहत दिने दावि गर्नु भयो ।


 

प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६