अन्तर्राष्ट्रिय

दुई लाख ४६ हजारभन्दा धेरै कोरोना सङ्क्रमित निको भए



काठमाण्डौ २३ चैत्र । विश्वभर झण्डै साढे दुई लाख कोरोना सङ्क्रमित उपचारपछि निको भएका छन् ।दुई सय पाँच देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमणमा कारण झण्डै १२ लाख मानिस बिरामी भएकामा दुई लाख ४६ हजार एक सय ७४ जना उपचारपछि निको भएका हुन् ।विश्वभर ११ लाख ९९ हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको छ । आठ लाख ८८ हजार सात सय ४७ जनाको उपचार भइरहेको छ । ६४ हजार ६ सय ६२ जनाको भने ज्यान गएको छ ।गएको २४ घण्टामा अमेरिका र फ्रान्समा नै दुई हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा एक हजार ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या साढे सात हजार नाघेको छ । यस्तै अमेरिकामा एक हजार ३८ जनाको ज्यान गएसँगै आठ हजारभन्दा धेरैको ज्यान गएको छ ।अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ । यस्तै अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६