अन्तर्राष्ट्रिय

मृतकको संख्या ६९ हजार पार, अमेरिकामा एकै दिन १२ सयको मृत्यु



एजेन्सी, २४ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना कहरले मृतक र संकमितहरु बढ्दै गएका छन् । विश्वमा मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १९ पुगेको छ । जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार मृतक र संकमितहरु बढ्दै गएका छन् । विश्वभरबाट अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस उपचार पछि निको भएका छन् ।सबै भन्दा धेरै इटालीमा मृत्यु भएका छन्।  एटलीमा मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ ।

        अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ । अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन्। अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृत्यु भएको छ। त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ ।  लुसियानामा ४७७, क्यालिफोर्नियामा ३४७, वाशिंटनमा ३३८, इलिनियोइसमा २७४, जर्जियामा २१९, मसाचुसेट्समा २३१, फ्लोरिडामा २२१, कोनेक्टीकटमा १८९, पेन्सिलभेनियामा १५०, कोलोरोड़ोमा १४०, टेक्सासमा १३३, इण्डियनामा १२७ र ओहियोमा ११९ जनाको मृत्यु भएको छ । न्युयोर्कमा अहिलेसम्म एक लाख २३ हजार १८ जना संक्रमित भएका छन्। न्यूजर्सीमा ३७ हजार ५०५ जना संक्रमित भएका छन्। त्यस्तै स्पेनमा १२ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका छन् । फान्समा ८ हजार भन्दा बढीको मृत्यु भएको छ । 

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६