अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसः २ सय ७४ जिल्लामा ३५ सय ७७ संक्रमित, ८३ को मृत्यु



एजेन्सी, २४ चैत । छिमेकी राष्ट्र भारतमा दिन प्रतिदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र मृत्यु हुने दर बढ्दै गएको छ ।  भारतको स्वास्थ्य एवं परिवार कल्याण मंत्रालयका  अनुसार देश भर कोरोना संक्रमण ३५ सय ७७ पुगेका छन् । जबकि ८३ जनाको मृत्यु भएको छ भने आइतबार मात्र ५ सय ५ नयाँ संक्रमित फेला परेका हुन् । 

        भारका २ सय ७४ जिल्लामा संक्रमणका घटना फेला परेका छन् । यसैबीच भारतीय प्रधानमंत्री नरेंद्र मोदीको अपील सँगै आइतबार राती ९ बजे भारतभर घरका लाइट बन्द गरी ९ मिनेटसम्म मैनबत्ती जलाएर कोरोना भाइरसको विरुद्धमा एक्यबद्धता प्रदशन गरिएको थियो । कोरोना भाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ६९ हजार ४ सय १९ पुगेको छ । जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार मृतक र संकमितहरु बढ्दै गएका छन् । विश्वभरबाट अहिले सम्म २ लाख ६० हजार भन्दा बढी मानिस उपचार पछि निको भएका छन् ।सबै भन्दा धेरै इटालीमा मृत्यु भएका छन्।  एटलीमा मृतकको संख्या १५ हजार ८ सय ८७ पुगेको छ ।

        अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६१६ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ८६१ पुगेको छ । अमेरिकामा अहिलेसम्म १७ हजार ९७७ जना ठिक भएका छन्। अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र ४ हजार १५९ जनाको मृत्यु भएको छ। त्यस्तै न्यूजर्सीमा ९१७ जनाको मृत्यु भएको छ भने मिचिगनमा ६१७ जनाको ज्यान गएको छ ।  

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६