अन्तर्राष्ट्रिय

भारतमा कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो



नयाँ दिल्ली, २४ चैत । भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा सङ्क्रमण देखिएको छ ।साथै भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ । सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १०९ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ ।

        यी सङ्क्रमितहरुमध्ये उपचारको क्रममा २९२ जना भने उपचार गरी घर फर्र्किएका छन् । अरु ३ हजार ६६६ जना भने उपचाररत रहेका छन् । उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन् ।भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ । भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा यसका सङ्क्रमितहरु बढेको देखिएको छ ।

        महाराष्ट्रमा मात्र ६९० जना सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । त्यसैगरी त्यसपछि सबैभन्दा धेरै विरामी तामिल नाडुमा छन् । त्यहाँ ५७१ जना विरामी छन् भने नयाँ दिल्लीमा ५०३ जना विरामी रहेका छन् ।भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ । जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ । तर यता दिन प्रतिदिन नयाँ सङ्क्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ । (रासस,एएनआई) 

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६