अन्तर्राष्ट्रिय

जापानका ७ प्रान्तमा आपतकाल घोषणा



एजेन्सी, २५ चैत । कोरोना भाइरसको महामारीका कारण जापानका ७ प्रान्तमा आपतकाल घोषणा गरिएको छ । आज (मंगलबार) देखि सुरु भएको आपतकालीन अवस्था आगामी मे ६ तारिखसम्म जारी रहनेछ । जापानी प्रधानमन्त्री शिन्जो आबेले संक्रमण प्रभावित ७ वटा प्रान्तमा एक महिनाको आपतकालीन अवस्था घोषणा गर्नुभएको छ ।

        जापानको राजधानी टोकियोसहित साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओकालाई अहिलेका लागि आपतकाल घोषणा गरिएको बताइएको छ । जापानले कोरोना नियन्त्रणका लागि चालेको महत्वपूर्ण निर्णयको रुपमा आपतकाल घोषणालाई लिइएको छ ।

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६