अन्तर्राष्ट्रिय

वाह कस्तो नीति ! लकडाउन उलंघन गर्ने मन्त्री सहायक मन्त्रीमा घटुवा,आफैले आफैलाई मुर्खको संज्ञा



काठमाडौं २५ चैत्र  विश्व महामारी कोरोनाको समयमा  मुलुकमा जारी लकडाउल उल्लंघन गरेपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्री घटुवामा परेका छन् । कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किएका डेभिड क्लार्क घटुवामा परेका हुन् । मन्त्रीको जिम्मेवारी खोसेर उनलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको छ ।द गार्जियनका अनुसार क्लार्कले लकडाउनको समयमा परिवारसँग ४० किलोमिटर यात्रा गरेको स्वीकारेका छन् ।

        उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन् स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो । न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा एर्डेनले सामान्य अवस्थामा भए उनलाई निलम्बन गरिने तर कोभिड–१९ विरुद्धको लडाइँमा उनको साथ आवश्यक रहेको बताएकी छिन् । एक विज्ञप्तिमार्फत् उनले आगामी दिनमा उनले न्युजिल्याण्डका लागि राम्रो भूमिका निर्वाह अपेक्षा गरेकी छिन् ।न्युजिल्याण्डमा मार्च २५ मा चार साता लामो लकडाउन शुरु भएपछि उल्लेख्य मात्रामा यसको उल्लंघन पनि भइरहेका छन् । 

प्रकाशित : २५ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६