एजेन्सी, २६ चैत । विश्वभर महामारीको रुपमा फैीलएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृतकको संख्या ८२ हजार २० पुगेको छ । विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन् । विश्वभर कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि भइसकेको छ । त्यस्तै ३ लाख १९८ निको भएर घर फर्केका छन् । अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ ।
इटाली र स्पेनमा भने तुलनात्मक रूपमा नयाँ संक्रमण र मृत्युदर घटेको छ । स्पेनमा थप ५ हजार २६७ नयाँ संक्रमित भेटिँदा इटालीमा ३ हजार ३९ मात्र भेटिएका छन्। त्यस्तै स्पेनमा गत २४ घण्टाभित्र ७०४ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा इटालीमा ६०४ को मृत्यु भएको छ। यससँगै इटालीमा ज्यान गुमाउनेका संख्या १७ हजार १२७ पुगेको छ भने स्पेनमा १४ हजार ४५ पुगेको छ जोन हप्कीन्स विश्व विद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कुन देशमा कति
अमेरिका
संक्रमित: ३,९६,२२३
मृत्यु: १२,८४४
निको: २१,८४९
स्पेन
संक्रमित: १,४१,९४२
मृत्यु: १४,०४५
निको: ४३,२०८
इटाली
संक्रमित: १,३५,५८६
मृत्यु: १७,१२७
निको: २४,३९२
फ्रान्स
संक्रमित: १,१०,०६५
मृत्यु: १०,३४३
निको: १९,५२३
जर्मनी
संक्रमित: १०७,६६३
मृत्यु: २,०१६
निको: ३६,०८१
चीन
संक्रमित: ८२,७१८
मृत्यु: ३,३३५
निको: ७७,४१०
इरान
संक्रमित: ६२,५८९
मृत्यु: ३,८७२
निको: २७,०३९
बेलायत
संक्रमित: ५५,९४९
मृत्यु: ६,१७१
निको: ३२५
टर्की
संक्रमित: ३४,१०९
मृत्यु: ७२५
निको: १,५८२
स्वीजरल्यान्ड
संक्रमित: २२,२५३
मृत्यु: ८२१
निको: ८,७०४
बेल्जियम
संक्रमित: २२,१९४
मृत्यु: २,०३५
निको: ४,१५७
भारत
संक्रमित: ५,३११
मृत्यु: १५०
निको: ४२१
नेपाल
संक्रमित: ९
मृत्यु: ०
निको: १
प्रतिक्रिया