एजेन्सी, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) चीनमुखी भएको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिएका बेला गलत सुझाव दिएको भन्दै ट्रम्पले संगठनको कडा आलोचना गरेका हुन् । पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको बताउँदै ‘हामीलाई मजाक बनाइएको आरोप लगाए । संगठनमा अमेरिकाले ठूलो लगानी गरेको छ, तर उ चीन केन्द्रित भयो।’ डब्लूएचओले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको बताएपछी ट्रम्पले कडा आलोचना गरेका हुन् ।
डब्लुएचओको सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेर आफूले निकै राम्रो काम गरेको भन्दै ट्रम्पले प्रश्न गरेका छन् । ‘किन उनीहरुले हामीलाई यस्तो गलत सुझाव दिए ट्रप्पले प्रतिप्रश्न गरेका छन् । ट्रप्पले लगाएको आरोप बारे डब्लुएचओले कुनै प्रतिक्रिया दिएको छैन ।
गत वर्षको डिसेम्बर अन्त्यमा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरस देखा परेको थियो । जनवरी अन्त्यमा विश्व स्वास्थ्य संगठनले विभिन्न देशहरुलाई कोरोना महामारीका बावजुद पनि सीमानाका खुला राख्न सल्लाह दियो । हरेक देशले आफू अनुकूल नागरिकको सुरक्षा गर्न पाउने पनि उसले स्पष्ट पारेको थियो त्यतिबेला नै ट्रम्पले चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए । कोरोना संक्रमण विश्वका दुई सय भन्दा बढी देशमा फैलिएको छ । संक्रमणले अमेरिका आक्रान्त बनेकोले ट्रप्को यस्तो आक्रोसपूर्ण अभिव्यक्ति आएको हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया