अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित ५ हजार नाघ्यो, ज्यान गुमाउनेको संख्या १५० पुग्यो



एजेन्सी २६ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको  जोन हप्कीन्स विश्व विद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

        भारतमा संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ४ हजार ७७० जनाको अस्पतालहरुमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

            विश्वभर महामारीको रुपमा फैीलएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृतकको संख्या ८२ हजार २० पुगेको छ । विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन् । विश्वभर कोरोना संक्रमण १४ लाख २८ हजार ४२८ मा पुष्टि भइसकेको छ । त्यस्तै ३ लाख १९८ निको भएर घर फर्केका छन् । अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ८४४ पुगेको छ ।

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६