अर्थ-वाणिज्य

उत्पादकलाई एककलपछि घरघरमा ताजा तरकारी, बुटवलवाट सिक्ने की प्रदेशका अरु स्थानीयतहले ?



रुपन्देही २६ चैत्र उत्पादकलाई एककल गरेपछि घरघरमा ताजा तरकारी उपलब्ध गराउने पद्धती स्थापना गरेर बुटवल उपमहानगरले सबैलाई नयाँ शैली सिकाएको छ । यसवाट प्रदेशका अरु स्थानीयतहले पनि सिक्ने भने लकडाउन ब्यवस्थानमा सहजता थपिन सक्छ । विवरण अनुसार बटवल उपमहानगरपालिकाले लकडाउनको कारण तरकारी उपजमा कमी आउन नदिनको लागि विशेष पहल सुरु गरेको हो  ।

    उपमहानगरपालिकाले तरकारी उत्पादक किसानहरुको फोन नम्बर र उत्पादित बस्तुको विवरण सार्वजनिक गर्दै घर घरका नै तरकारी पुर्याउने व्यवस्था गरेको हो ।बुटवल लगायतका आस पासका क्षेत्रका उपभोक्ताहरुले आवश्यक परेको तरकारीजन्य बस्तु किसानलाई फोन गरेर मगाउन सक्ने उपमहानगरका कृषि विकास शाखा प्रमुख सन्तोष जिसिले जानकारी दिनु भयो ।यसको लागि किसान र उपभोक्ताहरुलाई विशेष सुरक्षा व्यवस्थापन गर्न भनिएको छ ।


प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६