अर्थ-वाणिज्य

लक्डाउनमा पनि जंगल जोगाउदै बन कर्मचारी



कपिलवस्तु , २८ चैत
कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनमा हुन सक्ने बनजन्य अपराध नियन्त्रणका लागि कपिलवस्तुमा विशेष अभियान चलाईएको छ । डिभिजन बन कार्यालय कपिलवस्तुले बन्यजन्तुको चोरी शिकार तथा काठ तस्करी नियन्त्रण गर्न अभियान चलाएको हो । लकडाउनको मौका छोपि विभिन्न जिल्लाहरुमा काठको चोरी तस्करी, बन फडाँनी र बन्यजन्तुहरुको चोरी शिकार भइरहेको बेला कपिलवस्तुमा भने यसको नियन्त्रणका लागि कर्मचारीहरु जंगल डुलिरहेका छन् । बन कर्मचारी, शशस्त्र बन रक्षक, साझेदारी बन हेरालु , सामुदायिक बनका पदाधिकारी तथा समुदाय संगको सहकार्यमा विगत ३ साता देखि बन संरक्षण अभियान चलाइएको छ ।         
    डिभिजन बन कार्यालय कपिलवस्तुका प्रवक्ता मदन मोहन शाण्डिल्यका अनुसार संयुक्त रुपमा रात्री गस्ती, दिउसो बन संग जोडिएको बस्तीहरुमा चेकजाँच तथा समुदायमा बन र बन्यजन्तु संरक्षण सम्बन्धी अनौपचारिक छलफल चलाइएको छ । “हामीले यसै क्रममा कोरोना संक्रमण बाट बच्न आवश्यक पर्ने सावधानीका बारेमा समेत सामुदायिक बनहरुलाई सचेतीकरण गरिरहेका छौ” उहाले भन्नुभयो । बन कर्मचारीहरु रातीमै जंगलमा पाल टांगेर बस्ने गर्दछन् भने दिउसोमा पैदल गस्ती गर्ने गरेका छन् । अहिले डिभिजनले ४ वटा हतियार सहितको शशस्त्र टीम बनाई बनहरुमा परिचालन गरेको छ । लकडाउनमा आर्थिक अभाव संगै फुर्सदिलो भएपछि बन फडानी, काठ तस्करी र बन्यजन्तुको चोरी बढ्न सक्छ त्यसैले हामी पूर्व सतर्कता अपनाएका छौ डिभिजन बन प्रमुख इश्वरी प्रसाद पौडेलले टेलीफोनमा भन्नुभयो ।

            आफु विभागिय कार्यले काठमाण्डौ गएको बेला लकडाउनले फसेको बताउदै उहाले प्रशासन, सुरक्षा संयत्र र बन कर्मचारीहरु संग समन्व गरि बन संरक्षण कार्यमा लागेको जानकारी दिनुभयो । डिभिजन बन कार्यालयले यतिखेर बन संरक्षणका लागि अग्नी नियन्त्रण दस्ता समेत परिचालन गरेको छ । आगलागीको सिजन सुरु भएपछि डिभिजनले क्वीक रेस्पोन्स फायर फ्याक्टर टीम बनाएको छ । जस अनुसार तिलौराकोट साझेदारी बन, मायादेवी साझेदारी बन र डिभिजन भित्र रहेका ६८ वटा सामुदायिक बन आबद्ध छन् । “हामीले यसका लागि पटना, पिपरा, चेत्रादेइ, भलवाड, गोरुसिंग लगायतका क्षेत्रमा टोलीलाई तयारी अवस्थामा राखेका छौ, आगलागीको सूचना पाएलगत्तै पठाउने व्यवस्था छ” प्रवक्ता सहायक बन अधिकृत शाण्डिल्यले भन्नुभयो ।

     यसै गरि बनले तिलौराकोट साझेदारी बन, मायादेवी साझेदारी सहित अन्य २८ वटा सामुदायिक बनमा भइरहेको बैज्ञानिक बन व्यवस्थापनको समेत अनुगमन थालेको छ । हामीले बन क्षेत्रमा भइरहेका कटान, मुछान र छपान भएका क्षेत्र हेरिरहेका छौ, फायरलाईनको अवस्था र प्लटमा पुर्नउत्पादनको अवस्था समेत हेरी थप निर्देशन र सुझाव दिएका छौ” शाण्डिल्यले भन्नुभयो । कार्यालयमा सेवाग्राही नभएको बेला लकडाउनमा बन क्षेत्रको सुरक्षा र सुधार दुबै गर्ने अवसर पाइएको उहाको भनाई छ ।

           तिलौराकोट साझेदारी बनका अध्यक्ष जयप्रकाश पाण्डेले लकडाउनको पालना गर्दै साझेदारीले आफ्नो बन क्षेत्रको सुरक्षामा कुनै कसर बाकी नराखेको बताउनुभयो । “डिभिजन बन संग समन्वय गरि बैज्ञानिक बन व्यवस्थापन अन्र्तगतका कार्यहरुको निरिक्षण, बन संरक्षण गर्न गस्ती, अग्नी नियन्त्रक दस्ता परिचालन गरिरहेका छौ” पाण्डेले भन्नुभयो । निरिक्षण र गस्तिमा खटिएका कर्मचारी र बन रक्षक, हेरालुहरुको नियमित स्वास्थ्य परिक्षण गरिरहेको समेत उहाले बताउनुभयो ।



    फोटो विवरण ः बनक्षेत्रमा गस्ती तथा कटान क्षेत्रको अनुगमन गर्दै कपिलवस्तुका बन कर्मचारीहरु

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६