अर्थ-वाणिज्य

लकडाउनमा कालोबजारी : मेडिकल र खाद्य पसलले म्याद नाघेका सामान बेच्दै



चन्द्रौटा
मुलूक लकडाउनमा छ । यस विपद्को अवस्थामा व्यापारीहरुले धमाधम कालोबजारी गरिरहेका छन् । खाद्यक र औषधी पसलहरुले वास्तविक मूल्यभन्दा वढी मूल्यमा सामान बेचेको जनगुनासो बढेपछि कपिलवस्तुको शिवराज नगरपालिकाले नगरभित्रका  ४ वटा खाद्य तथा किराना पसल र ३ वटा औषधी पसल अनुगमन गरेको छ ।
नगर उपप्रमुख शिवकुमारी थारुको संयोजकत्वमा गठित अनुगमन समितिमा इलाका प्रशासन कार्यालय, व्यापार संघ कपिलवस्तु, चन्द्रौटा उद्योग वाणिज्य संघ, वडा प्रहरी कार्यालय सहितको प्रतिनिधित्वले व्यापरीक प्रतिष्ठानमा अनुगमन गरेका हुन् ।
अनुगमन समितिले नगरको वडा नं. ३ खरेन्द्रपुरस्थित राजकुमार ट्रेडर्स, विजय किराना पसल, हाम्रो सेवा किराना पसल र बर्मा किराना पसलमा अनुगमन गरिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख शंकर विष्टले बताउनुभयो । अनुगमनका क्रममा टोलीले राजकुमार ट्रेडर्सबाट म्याद नाघेका ६०० एमएलको डिउ ५ कार्टुन, कलर्स अरेन्ज १ कार्टुन, लव कोला १ कार्टुन, फ्रुट ककटेल जुस २ गोटा, माजा जुस ७२ गोटा, स्लाइस जुस ९ गोटा, मिरिण्डा १ गोटा, कुरमुरे ५ प्याकेट, फेन्सी ५ गोटा, मिठा सुपारी २६ प्याकेट बरामद गरेको छ ।
यस्तै विजय किराना पसलबाट पिरो आलु चिप्स १९ प्याकेट, लिकर्स क्य्राकर २८ प्याकेट, करमकुरा २७ प्याकेट, पोट्याटो क्य्राकर २८ प्याकेट, कुरमुरे ११ प्याकेट, छक्कापन्जा ३ गोटा, कोन्ट पोट्याटो क्य्राकर ९ गोटा, हट स्टिक ६ गोटा जफत भएको र सेवा किराना पसलबाट भूजा १४ प्याकेट, पिटपट विस्कुट १७ प्याकेट, कोकून विस्कुट ११ प्याकेट सुन्दर मेनिला विस्कुट २६ प्याकेट जफत भएको इलाका प्रशासन प्रमुख विष्टले बताउनुभयो ।
त्यस्तै टोलीले दिप्सना मेडिकल, विपिसा मेडिकल र लुम्विनी हेल्थ क्लिनिकको पनि अनुगमन गरेको थियो । अनुगमन गर्दा दिप्सना मेडिकलबाट म्याद नाघेको ग्लिसिरिन आइ.पी. १०० एमएलको ९ गोटा, ग्लिसिरिन आई ३० एमएलको ८ गोटा फेला पारेको विष्टले जनाउनुभयो । यस्तै लुम्बिनी हेल्थ क्लिनिकको क्लिनिक संचालन सम्बन्धी र औषधी विक्री सम्वन्धी अनुमति पत्र नरहेको र व्यवसाय दर्ता नगरेको पाइएको प्रशासन प्रमुख विष्टले बताउनुभयो ।
अनुगमनका क्रममा मूल्य वढी लिएको, सामान लुकाइ कृत्रिम अभाव सृजना गरेको नपाइए पनि अधिकांश पसलमा म्याद गुज्रिएका अखाद्य वस्तुहरु र पेयपदार्थहरु भेटिएकाले सबै वरामद गरी नष्ट गर्न नगर कार्यपालिकालाई जिम्मा दिइएको छ । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले अहिलेको विषम परिस्थितिमा ती पसलहरुले ग्राहकहरुसँग दूरी कायम नगरेको, मूल्यसूची नटाँसेको र नगरपालिकामा व्यवसाय दर्ता नगरेको अनुगमनका क्रममा पाइएको बताउनुभयो । शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले व्यवसायीहरुलाई सबै कानूनी प्रक्रिया पूरा गरी व्यवसाय संचालन गर्न निर्देशन दिनुभयो ।

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६