अर्थ-वाणिज्य

विपन्नलाई राहत चुस्त ,१५ दिनको लकडाउनलाई ढुक्क



कपिलवस्तु २८ चैत्त । लकडाउन पछि रोजगार विहिन भएका श्रमिक र  आर्थिक अभावमा खानपिनको समस्या झेलिरहेका बाणगंगाका नागरिकले करिव १५ दिनलाई ढुक्कले पुग्ने दैनिक उपभोग्य सामान राहत स्वरुद्ध पाएका छन् । नगरले बनाएको पारदर्शी खरिद पद्धती र बैज्ञानिक मापदण्डका कारण ५ जना भित्र र ५ जना भन्दा माथिका श्रमिक परिवारहरु २ हप्ता सम्म लकडाउनमै रहेपनि समस्यमा नपर्ने भएका हुन् । 

        विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेसंगै गरिव, विपन्न तथा मजदुरहरुको समस्यालाई मध्यनजर गर्दै कपिलवस्तुको वाणगंगा नगरपालिकाले राहत २ दिनमा सबै वडामा वितरण गर्नेगरी शुक्रवारवाट शुरु गरेको हो  । नगरपालिकाले एकद्धार प्रणालीबाट निर्णय गरेसंगै नगर उपप्रमुख चक्रपाणि अर्यालको संयोजकत्वमा राहत वितरण समितिले  खरिद गरि राहत वितरण गरेको हहो । शुक्रवार नगरपालिकाका वडा नं ७ देखि ११ सम्म र शनिवार १ देखि ६ सम्म राहत वितरण हुने प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनु भयो ।

        नगरपालिका भित्र पहिलो चरणमा राहत पाउने १ हजार ९ सय ३५ परिवार मध्ये ५ जना भन्दा माथिका ३ सय २६  परिवार र ५ जना भन्दा कमका १ हजार ६ सय ९ परिवार  रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५ जनासम्मको परिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन, र २÷२ वटा नुहाउने र कपडा धुने साबुन वितरण गरिने र ५ जना भन्दा माथिका परिवारलाई ३० किलो चामल, ३ किलो दाल, डेढ लिटर तेल र २÷२ वटा नुहाउने र कपडा धुने साबुन वितरण गरिने राहत वितरण समितिका संयोजक चक्रपाणि अर्यालले बताउनु भयो  ।

        डाहरुलाई राहत वितरणका लागि हस्तानतरण  कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणी अर्याल ,सम्पुर्ण वडाका वडाअध्यक्ष, राहत वितरण समितिका सदस्य सचिव खिम बहादुर जिसि, कर्मचारी तथा प्रतिनिधी  उधोग बाणिज्य संघका अध्यक्ष उमनाथ पौडेल, राजनितिक दलका प्रतिनिधी, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख पछाई, समाजसेवि दोलकराम घिमिरे, पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, लक्ष्मण बेल्वासे लगायका अगुवाहरुको उपस्थिती रहेको थियो ।

            यता वाणगंगाका वडा नं ८ले राहत वितरणमा कुनै भीडभाड हुन दिएन भने रातह वितरण गर्ने नाममा हातमा दिने र फोटो खिच्ने काम समेत भएन । यो विपत्तिका वेला स्थानीय सरकारले  जनताप्रति दायित्व पुरा गरेको हो । यसको फोटो खिचेर फेसबुकमा हाल्ने टिका टिप्पणी सुन्ने अवस्था होइन राहत वितरणमा वडाध्यक्ष गुणनिधी भुसालले भन्नु भयो । 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६