अर्थ-वाणिज्य

स्थानीयतहको राहत गोदाममा प्रशासनको ताला , जनताका प्रतिनिधीको यस्तो पनि हुन सक्छ चाला ?



कलौया ३० चैत्र जनताको जीवनलाई कुनै मूल्यवान नठान्ने जनतावाटै निर्वाचित एक मेयर यतिबेला स्थानीय प्रशासनको कारवाही दायरामा आएका छन् । कोरोना भाइरस विरुद्ध जनताको ज्यान बचाउन लाग्नु पर्ने स्थानीय सरकारका प्रतिनिधी  यहि मौकामा बदमासी गर्ने र कमाउने धन्दामा लागेपछि संभवत स्थाीय प्रशासनले देशकै पहिलो घटनाको रुपमा मेयरले खडा गरेको नगरको स्टोरमा तालाबन्दी गरेको छ । विवरण अनुसार  कलैया प्रशासनले कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको कलैया स्थित कोल्डस्टोरमा सिलबन्दी गरेको छ ।

        नगरप्रमुख यादवले कुहिएको दाल संकलन गरी बिपन्न तथा गरिव समुदायमा बाडन राखेको सुचनाका आधारमा छापामार्न गएको टोलीले नगरप्रमुखको स्वामित्वको कोल्डस्टोरमा सिलबन्दी गरेको हो । कोल्डस्टोरमा कुहिएको अवस्थाका ३ सय ८० बोरा दाल रहेको बताईएको छ ।५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी दाल बितरणको योजना बनाएका हुन ।

        नगरप्रमुख यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन ।कलैया उपमहानगरपालिकाको वडा नम्बर १, ७ र २० का स्थानीय गरीब र मजदुरकालागि राहत वितरण गर्दा नै स्थानीयले दालको गुणस्तरको सवाल उठाउदै ववाल गरेपछि रोकिएको थियो । वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलले गुनासो गरेका थिए ।जनताको गुनासोका आधारमा नमुना संकलन गरि ३ सय ८० बोरा दाल शिलबन्दी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए ।स्थानियका अनुसार यस अघि सोही कोल्डस्टोरमा स्टोरगरी बितरण गरिएको दाल कुहिएको र अत्यन्तै गुणस्तरहिन अवस्थाको रहेको स्थानीयले बताएका छन ।

संकलीत नमुनाको परिक्षण गर्ने तयारी गरिएको छ । नमुना परिक्षण पछि तथ्य सार्वजनिक गरिने छ अहिले परिक्षणकालागि खाद्य प्रयोगशालामा पठाउदै छौं उनले भने ।सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशभरी लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण खाने पिउने समस्यामा रहेका मजदुरहरुलाई राहत उपलब्ध गराउने सरकारी नीति अनुरुप राहत बितरणको जिम्मेवारी स्थानीय सरकारको रहेको छ ।

कलैया उपमहानगरपालिकाका प्रमुख राजेश यादवले आफनै नागरिकलाई खान योग्य नरहेको दाल बितरण गरेर जग हसाएको नगरबासीहरु आक्रोसत छन ।स्थानीय प्रशासनले चामल ल्याईएको गोदामको समेत खोजी गरिरहेको छ ।

प्रशासनले वडा अध्यक्ष र वडा सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । अखाद्य सामाग्रि बितरण गरेर जनताको जिवन माथी नै खेलवाड गर्ने नगरप्रमुख माथी कार्वाही गर्नु पर्ने चौतर्फि दवाव परेको छ ।

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६