एजेन्सी, ३० चैत । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गएको हो । २४ घण्टामा ३९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ । भारतमा एकैदिन ८ सय ४६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ हजार ४ सय ४६ पुगेको हो ।
संक्रमितमध्ये भारतमा ९ सय ६९ जना उपचारपछि निको भएका भएर घर फर्किएका छन् भने ७ हजार १ सय ८९ जनाको भारतका विभिन्न अस्पतालमा उपचार जारी छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमण अहिले विश्वव्यापी बन्दै महामारीको रुप लिएको छ ।
प्रतिक्रिया