अन्तर्राष्ट्रिय

कोरोना कहरः १९ लाख २४ हजार बढी संकमित, १ लाख १९ हजार ६ सयको निधन, अमेरिकामा साढे २३ हजारले ज्यान गुमाए



एजेन्सी, २ वैशाख । कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिएसँगै मृतक र संकतिमहरुको संख्या बढदै गएको छ । वल्डोमिटरको तथ्याङ्क अनुसार मंगलबार विहानसम्म १९ लाख  २४ हजार ६ सय ३५ जना संकमित भएका छन् । त्यस्तै विश्वभर १ लाख १९ हजार ६ सय ८६ जनाको निधन भइसेको छ । 

        कोरोना भाइरका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार नाघेको छ । अमेरिकामा विगत २४ घण्टामा १५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । त्यहाँ मृत्यु हुनेको संख्या २३ हजार ६ सय ४० पुगेको छ । अमेरिकामा संक्रमितको संख्या ५ लाख ८६ हजार ९ सय ४१  छ। विगत २४ घण्टामा अमेरिकामा २६ हजार भन्दा बढी संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा मृतकको संख्या २० हजार नाघेको छ । इटालीमा मृत्यु हुनेको संख्या २० हजार ४ सय ६५ पुगेको छ । इटालीमा संक्रमितको संख्या १ लाख ५९ हजार ५ सय १६ रहेको छ । 

        त्यस्तै स्पेनमा १७ हजार ७ सय ५६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा पनि मृत्यु हुनेको संख्या ११ हजार नाघेको । विश्वमा मृतकको संख्या १ लाख १९ हजार ५ सय ८७ रहेको छ भने १९ लाख २३ हजार भन्दा बढी संक्रमित छन्। विश्वभर ४ लाख ४४ हजा९ सय १८ जना निको भएर घर फर्किसकेका छन् । 

प्रकाशित : २ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६