पर्यटन

अर्घाखाँचीमा प्रबेश पास अमान्य,जहावाट आएको हो त्यही फर्कनु पर्ने


३ बैशाख २०७७, बुधबार


अर्घाखाँची ३ बैशाख । अर्घाखाचीमा अन्य जिल्लाका पासले मान्यता नपाउने भएका छन् ।  कोरोना भाइरस अर्थात (कोभिड १९) को महामारीसँग लड्न गरिएको लकडाउनका बेला अन्य जिल्लाबाट पास लिएर आउनेलाई अबदेखि अर्घाखाँची जिल्ला प्रवेशमा अनुमती नदिने भएको हो। जिल्ला प्रमुख अधिकारी बिजय राज पौडेलका अनुसार अबदेखि अर्घाखाँचीमा अन्य जिल्लाबाट पास लिएर आएको भएतापनिक सम्बन्धित स्थानियतहको समन्वय बिना जिल्लामा अनुमती गराउन नसकिने भएको हो ।

    लकडाउनका अवधीमा अर्घाखाँचीका विभिन्न नाका हुँदै प्रवेश गर्नेको लहर नरोकिएको भन्दै जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट पास लिएर आउनेलाई बुधवार देखि जिल्ला प्रवेशमा अनुमती नदिने भएको छ ।  यसैबीच सोमबार भैरहवावाट आएको सात जनाको समुह पाणिनी गाँउपालिका वार्ड नं ५ मैदान वर्थान मसिना  क्षेत्र हुँदै छिरेको थियो । यस्तै जिल्लामा बाहिरबाट पास लिएर आउने मानिस बढेको देखिन्छ ।   

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे