अन्तर्राष्ट्रिय

जाग्यो आशा कोरोना भाइरस : तीन भ्याक्सिनलाई परीक्षण अनुमति



एजेन्सी, ४ बैशाख ।  विश्वमा महामारीका रुप लिएर फैलिएको कोरोना भाइरसको भ्याक्सिन अझै पत्ता लागिसकेको छैन । यस्तो भयावह अवस्थाबीच चीन सरकारले ३ वटा भ्याक्सिन परीक्षणका लागि अनुमति दिएको छ । चीनको समाचार संस्था सिन्ह्वानेटमा प्रकाशित समाचार अनुसार ३ वटा सम्भावित भ्याक्सिनलाई चीन सरकारले क्लिनिकल परीक्षणका लागि अनुमति दिएको हो । 

        २ वटा भ्याक्सिन वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले विकास गरेको हो भने अर्को चाइना नेशनल फर्मास्युटिकल ग्रुप र सिनोवाक रिसर्च एण्ड डेभलपमेन्टले संयुक्त रूपमा विकास गरेको बताइएको छ ।  चीन सरकारले कोभिड–१९ का ३ सम्भावित भ्याक्सिनलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको विज्ञान र प्रविधि  मन्त्रालयले जनाएको छ । चिनियाँ अनुसन्धानकरताहरुले यो भ्याक्सिनले कोरोनाको उपचारमा सफल हुने दाबी गरेका छन् । कोरोनका कारण विश्वमा कोरोनाका कारण १ लाख ३४ हजार बढीले ज्यान गुमाइसकेका छन् । २० लाख ८२ हजार बढी संक्रमित छन् । दैनिक  हजारौं संक्रमित थपिएको अवस्था छ ।  विश्वका बैज्ञानिकहरु यसको खोजमा अहोरात्र खटिएका छन् र यसको दौडको उपाधी कुन देशले हात पार्छ अझै टुंगो भने छैन ।  

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६