अन्तर्राष्ट्रिय

कोरोना कहरः ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार नाघ्यो, २१ लाख ८२ हजार बढी संक्रमित



एजेन्सी, ५ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५१८  पुगेको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८२ हजार १३३ पुगेको छ । 

        अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहानसम्म २ हजार बढीले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ । अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गुमाएका थिए । एकैदिन ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ । एकै दिन १७ हजार १६४ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ । फ्रान्समा संक्रमितमध्ये ३२ हजार ८१२ जना उपचारपछि निको भएका छन् । ६ हजार २४८ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १४ हजार २९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

        बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ । कोरोना भाइरसले महामारीको रुप लिएसँगै अधिकांस देशहरुले लकडाउन गरेकाले कोरोना भइरस फैलने क्रम भने पहिलाको तुलनामा अत्यन्तै कम भएको छ तर नियन्त्रणमा भने आउन सकेको छैन ।

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६