अन्तर्राष्ट्रिय

लकडाउनमा सम्बन्ध विच्छेद , जापानले निकाल्यो यस्तो उपाय ?



काठमाडौं ५ बैशाख । विश्वभरी कोरोना भाईरसको त्रास छ । विश्वका विभिन्न देशमा लकडाउन घोषणा भएको छ । लकडाउनका कारण पारिवारीक  जमघट मात्रै भएन विश्वका विभिन्न मुलुकमा महिला हिंसा बढेका समाचार समेत बाहिर आइरहेका छन् । कोरोना भाइरसका कारण विश्वका धेरैजसो व्यक्ति घरमै थुनिएको बेला पारिवारीक सम्बन्ध बढ्नुको साटो हिंसा बढ्नु दुःखद घटना हो ।  यतिबेला जापानले नयाँ उपाय खोजी गरेको छ । जापानले चीनमा महिला हिंसाका कारण सम्बन्ध विच्छेदका घटना बढेको देखेर रोकथामको नयाँ उपाय निकालेको हो ।कोरोना भाइरसका कारण लकडाउनमा परेको चीनको उहान शहरमा एक महिना नबित्दै जीवनभरि साथ दिने र बस्ने प्रतिबद्धताका साथ विवाह बन्धनमा बाँधिएकाहरुमा विचलन आएको देखियो ।

                  यो अवधिमा तुलनात्मकरुपमा धेरै यस्ता जोडी सम्बन्ध विच्छेदका लागि सम्बन्धित निकायमा पुगे । यो संकट नआओस् भनेर जापानले सहव्यवसायको नयाँ सोच ल्याएको छ । यहाँ भाडामा बस्नेहरुलाई फ्ल्याट उपलब्ध गराउने एक जापानी फर्मले यस्तो तनावग्रस्त जोडीका लागि आफ्नो खाली अपार्टमेन्टमा बस्न आउन सुझाव दिएको छ । टोकियोको कासोकु कम्पनीले आफ्नो विज्ञप्तिमा कोरोना भाइरस संक्रमणका क्रममा सम्बन्ध विच्छेदका बारेमा सोच्नुअघि आफूसँग कुरा गर्न भनेको छ । कम्पनीले तमाम सुविधायुक्त आफ्नो अपार्टमेन्टमा रहन उनीहरुलाई प्रस्ताव पनि दिएको छ । समाचारअनुसार कम्पनीको उक्त प्रस्ताव अप्रिल ३ देखि शुरु भइसकेको छ र केही जोडीले यसको फाइदा पनि उठाइरहेका छन् । जापानमा अहिलेसम्म कोरोना संक्रमण ८ हजारभन्दा बढीमा फैलिसकेको छ भने यस महामारीबाट अहिलेसम्म १ सय ७८ को मृत्यु भइसकेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोना संक्रमणलाई ध्यानमा राख्दै टोकियो, ओसाका र अन्य ५ प्रान्तमा आपत्काल घोषणा गरिसकेका छन् ।

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६