प्रदेश

पत्रकारको विपत्तिमा प्रेस संगठनको साथ, सबै पत्रकारलाई समेट्ने



कपिलवस्तु ६ वैशाख ।  कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी संक्रमणले सम्पूर्ण देशहरु आक्रान्त बनेका छन् । यसै विच आज शनिवार प्रेस संगठन नेपाल जिल्ला संगठन कपिलवस्तुले एक प्रेस विज्ञप्ती जारी गर्दै   कोरोना भाइरससँग लड्डा लड्दै जीवन गुमाउने मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उपचारको क्रममा रहेका सम्पूर्ण संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी संक्रमणले विश्वका सम्पूर्ण देशहरु आक्रान्त बनेका छन् । 

        यस भाइरसले नेपाललाई पनि निकै मारमा पारेको छ । प्रदेश नं. ५ तथा कपिलबस्तु जिल्लामा  हालसम्म त्यसको संक्रमित नभएता पनि हाम्रो जिल्ला भारतसंगको खुला नाका जोडिएको कारणले झन बढी उच्च जोखिम  रहेको पनि यसै विज्ञप्ती मार्फत जानकारी गराउँछाँै  विज्ञप्तीमा भनिएको छ । 

          यस्तो कठिन परिस्थितीमा पनि पत्रकारहरुले   जनतासम्म र जनताका समस्या सरकार एवं सरोकारवाला निकायसम्म पु¥याउन, सही तथ्य सूचना सम्प्रेषण गरी यो महामारी विरुद्धको लडाईमा एकढिक्का भएर प्रदेशभरीमा सञ्चारकर्मीहरुले खेलको भूमिका निकै सकारात्मक रहेको निष्कर्ष निकालिएको छ ।  साथै जनतालाई सही सूचना सम्प्रेषण गर्ने श्रमजीवी पत्रकारहरुको पक्षमा संगठन रहेको जानकारी गराउँदै पत्रकारहरुलाई समस्या परेमा त्यसको समाधान गर्ने प्रतिवद्धता जाहेर गर्दछौ  विज्ञप्तीमा भनिएको छ । 

        लकडाउनमा घरमै बसौँ र बसालौ सामाजिक दुरी कायम गरौँ, सत्य र तथ्य समाचार जनतालाई सूसूचित गर्दै जिल्लालाई कोरोनामुक्त जिल्ला निर्माणमा जुध्न सबैलाई अपिल गर्दछौ , प्रेस संगठनका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज पार्वती पाण्डे , केन्द्रीय सदस्य एवं सहइन्चार्ज मनिष काकी , जिल्ला संयोजक डिलाराम भुषाल , सह संयोजक हरि अधिकारी द्धारा संयुक्त जारी विज्ञप्तीमा जनाइएको  छ ।  

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६