अर्थ-वाणिज्य

कसरी वेच्ने हो तरकारी ? लकडाउनमा कृषकको पिडा, तरकारी वेच्नै सकस ।



फोटो : वारीमा उत्पादन भएको करेला टिप्दै वुद्धभुमी १० लोहरौलाका कृषक कृष्ण मोहन केवट

कपिलवस्तु
तरकारीको नया सिजन सुरु हुन लाग्यो । वारी भरी तरकारी फलेका छन । काक्रा , टमाटर, लौका, वोडी, करेला, वन्दागोवी फलेका छन । अहिले थोरै मात्रामा उत्पादन छ । यो सिजनमा उत्पादनको सुरुवाती चरण हो । एक हप्ता भित्र माग भन्दा वढी उत्पादन हुन्छ । यो सिजनमा असार साउन सम्म उत्पादन दिन्छ । त्यही भएर खुसी हुने वेला हो । तर कपिलवस्तुका तरकारी उत्पादक कृषकहरु भने दुखीत देखिन्छन । लकडाउनले तरकारी विक्री गर्न वजार नपाउदा उनीहरुका उत्पादन वारीमा सड्ने हो की चिन्तीत देखीन्छन । 
कपिलवस्तुको वुद्धभुमी १० का तरकारी उत्पादक किसानको एउटै समस्या छ । उत्पादन भएका तरकारी कहा विक्री गर्ने ? लकडाउनका कारण कृषी हाट वजार वन्द छ । सवै भन्दा वढी खपत हुने ठाउ पनी त्यही नै हो । अव घर घरमा पुराउनु पर्ने समस्या आएको छ । ग्राहकलाई भारतिय तरकारी हो की भन्ने त्रास छ । टोलमा जादा भारतवाट ल्याएको हो की भनेर खरीद नै गर्न आउदैनन । कोही कोहीले टोलमा छिर्न पनी दिदैनन् तगारो लगाएर राखेका छन । वजारमा विक्री गर्न धेरै सकस छ । एक वोरा तरकारी विक्री गर्न दिन भर डुलाउनु पर्छ । व्यापारीले पनी विक्री नभए पछी थोरै मात्रामा खरिद गर्छन । उत्पादनको सुरुवाती चरण मै विक्री गर्न सकस छ । पछी के होला वुद्धभुमी १० लोहरौलाका कृषक कृष्ण मोहन केवट वताउनु हुन्छ ।
लकडाउनले गर्दा कुखुरामा पनी घाटा सहनु पर्यो । एउटा कुखुरा १०० रुपैयामा विक्री गर्नु पर्यो । कुखुरामा ३ लाख भन्दा वढी घाटा सहनु पर्यो । तरकारीमा पनी त्यही हाल छ । खपत कम हुदा तरकारी पुरा विकास नहुदै टिप्नु परेको छ । मैले उत्पादन गरेको करेला एउटै २०० देखी २५० ग्राम सम्म हुन्छ । खपत कम हुदा १०० ग्राम तौल हुदा वजारमा लगेको छु केवट वताउनु हुन्छ ।
बुद्धभुमी १० देउवापरका कृषक वहराची केवटको समस्या पनी उही हो । करिव ४ विगाहा जग्गामा उनले तरकारी खेती गरेका छन । उनले स्थानिय साना कृषकको उत्पादन पनी खरीद गरी विक्री गर्ने गर्छन । उत्पादन भएका तरकारी वाहिरी जिल्लामा समेत पठाउने गर्छन । लकडाउनका कारण उनले उत्पादन भएका तरकारी कतै विक्री गर्न पाएका छैनन । विहीवार उनले २ वटा मोटरसाईकलमा रुपन्देहीमा खुर्सानी पठाएका थिए । व्यापारीले माग गरे पछी उनले पठाएको तरकारी विचमै रोकीयो । भारतवाट ल्याएको हुन सक्ने भन्दै गरगरेबाट छिर्न दिएनन् । मधेशी मुलका भएका कारण भारतिय संग अनुहार मिल्छ त्यही भएर झनै डराउछन ।


फोटो : उत्पादन भएको प्रमाण लिन नगरपालिका पुगेका कृषक वहराची केवट

अव नेपालमा उत्पादन भएको प्रमाणित गरी विक्री गर्न लान्छु । त्यही भएर नगरपालिकामा प्रमाणित गराउन आएको छु । वडाको सिफारीसमा स्थानिय उत्पादन भएको प्रमाणित भयो । हेरै वाहिर पठाउन सकिन्छ की नाई अझै थाहा छैन । नजिकैको वाणगंगा नगरपालिकाले नगरवाहिरको उत्पादनलाई रोक लगाएको छ । कसरी लैजाने हो फेरी अर्को समस्या थपिएको छ । अझै पनी अर्घाखाची, वुटवल, पोखरावाट डिमाण्ड छ कसरी पुराउने चिन्ताको विषय वनेको छ ।
यता कृषी स्मार्ट गाउ शिवराज नगरपालिकाको उमरीमा पनी तरकारी वेच्न सकस भएको छ । गाउका ९० प्रतिशत तरकारी उत्पादक कृषक छन । अहिले दिनभरी डुलाएर वेचेका छन । साना किसानलाई डुलाएरु वेच्दा हुन्छ धेरै उत्पादन गर्ने कृषकलाई गारो भएको २१ लट स्मार्ट गाउका संयोजक राधे श्याम चौधरी वताउनु हुन्छ ।

जिल्ला वाहिर निकाशी गर्दा कृषी ज्ञान केन्द्रको सिफारीसमा मन्त्रालयले निकासीको अनुमती पत्र दिन्छ । अहिले कृषकहरु सिफारिसका लागी चासो दिएको पाईएको छैन । उत्पादन प्रमाणीकरण गराई जिल्ला वाहिर लैजान सकिने कृषी ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोविन्द आर्याले वताउनु हुन्छ । यसरी लैजादा पटक पटक सिफारीस लिनु पर्ने प्राव्धान रहेको वताईएको छ ।
तरकारी विक्री वितरणको प्रवन्ध मिलाउन सकेन भने उत्पादन खेर जाने निश्चित देखीएको छ  ।  तरकारी उत्पादक किसानको समस्या समुदायले समेत बुझ्नु जरुरी छ । क्वीन्टलका क्वीन्टल उत्पादन हुने वेलामा तरकारीले वजार पाएन भने कृषकलाई ठुलो घाटा हुने छ । भारतीय तरकारीलाई प्रतिवन्ध लगाई नेपालमै उत्पादन भएका तरकारीलाई तत्काल वजार व्यवस्थापन गर्न स्थानिय सरकारले चासो दिनु पर्ने देखिन्छ ।







 

   

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६