अर्थ-वाणिज्य

प्रदेश ५ कै नयाँ काम: पालिका बाहिरका तरकारी नखाम, अभियानवाट जनता उत्साहित : अनुगमन रिपोर्ट



कपिलवस्तु ६ बैशाख प्रदेश ५मा आफनो पालिका भन्दा वाहिरको कृषि उपज आयातमा रोक लगाउदै लकडाउनसंगै आन्तरीक कृषि प्रवद्र्धनको योजना लागु गरेको कपिलवस्तुको वाणगंगा नगरपालिकाले त्यसको जनतामा  प्रभाव हेर्न बजार अनुगमन गरेकोछ ।  भारतीय वजारवाट आउने तरकारी तथा फलफूल रोक्ने अभियान चलाउदै हालका लागि अन्यपालिकावाट आउने कृषि उपजपनि रोकिएको उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो ।

        स्थानीय  तरकारीहरु नविकेको जनगुनासो आएपछि आयातमा प्रतिवन्द लगाउदै सोको  अनुगमन गरिएको हो ।  उपमेयर चक्रपाणी अर्यालको नेतृत्वमा  उद्योग वाणिज्यसंघ  ,उपभोक्ता हित संरक्षण मञ्च र संचारकर्मीको टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमनपछि जनतामा सहि सन्देश गएको र अझ कडाई गर्नुपर्ने देखिएको उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । 

            अनुगमनमा गएको टोलीले मूल्यबृद्धि भएको जनगुनासो आएको भन्दै गरेको सोधीखोजीमा ब्यापारीहरुले कतिपय सामानमा आपूर्तीकर्तावाटै मूल्य वढेर आएको वताएका थिए । उनीहरुको गुनासो सुनेपछि उपमेयर अर्यालले अशोभनिय मूल्य बृद्धि देखिए कानुन अनुसार कारवाही हुने भन्दै सजग रहन र विपदमा कालाबजारी नगर्न आग्रह गर्नु भयो । 

        लकडाउनका बेला कालोवजारी हुन नदिन कपिलवस्तु उद्योग वाणिज्यसंघ अनुगमनमा सामेल भएको अध्यक्ष उमानाथ पौडेलले वताउनु भयो । उहाले यस्तो बेलामा ब्यापारीकले मानवताको ख्याल गर्नु पर्ने वताउनु भयो । बिपद ब्यवस्थापन तथा समन्वय समितिका सदस्य एवम उद्यमी बिष्णु न्यौपानेले ग्रामीण बस्तीका वजारहरुमा दुरी कायम गर्ने अभ्यास नदेखिएकाले जोखिम वढेको वताउनु भयो । नगर भन्दा वाहिरका कृषि उपज आयातमा रोक लगाउने नगरपालिकाको निर्णय स्वागत योग्य रहेको स्थानीय समाजसेवी कमल चुदालीले प्रष्टयाउनु भयो ।

         यो कदम सही समयमा आएकोले जनसमर्थन ब्यापक रहेको औल्याउनु भयो । कपिलवस्तुमा आफ्नो नगर भन्दा वाहिरको कृषि उपजमा प्रतिवन्द लगाउने नगरपालिका बाणगंगा मात्रै हो । यसले नगर क्षेत्रको कृषि प्रबद्र्धन हुने अपेक्षा नगरले राखेको छ । यता उपभोक्ता हितसंरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले  कृषि उपजको   आयात  सबैले रोक्नुपर्ने  औल्याउनु भयो ।  अनुगमन बाणगंगाको वडा नं १० पटना वडा नं ११ हथौसा ,वडा नं ९भलवाड र वडा नं ४ जीतपुरमा गरिएको थियो । भारतवाट  आउने  तरकारी र फलफूल स्थानीय स्तरमा जनताले स्वर्तस्फूर्त अस्वीकार गर्न थालेको ब्यावसायी टंकमणि  मरासीनिले वताउनु भयो ।

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६