प्रदेश

स्थानीय श्रम दुरी सहित उपयोग गरौ, विकास निर्माणका काम सकभर नरोकौ :मुख्यमन्त्री



बुटवल ६ वैशाख कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री शंकर पोखरेलले दाङस्थित राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवासंग एकीकृत भिडियो संवाद गर्नुभएको छ । सोही क्रममा उहाँले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र क्वारेन्टाइनमा राखेर गर्न सकिने विकास निर्माणका काम नरोक्न र अघि बढाउन निर्देशन दिनुभयो ।

        उहाँले स्थानीय तहलाई कोरोना विरुद्धको काम अघि बढाउन  पैसा पठाएकोले स्थानीय तहका काम प्रभावकारी बनाउने गरी सहयोग गर्न आग्रह गर्नुभयो । कोरोना रोकथाम तथा नियन्त्रणमा मुख्यमन्त्रीले गर्नुभएको यो सातौैंं भिडियो संवाद हो । शुक्रवार साँझ भएको सर्वपक्षीय भिडियो संवादमा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टिकाराम खडका, नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी हुनुभयो । 

        कांग्रेस जिल्ला सभापति कीर्तिबहादुर खडका इन्टरनेट समस्याले भिडियो संवादमा सहभागी हुन नसक्नु भएको बताइएको छ । भिडियो संवादमा सहभागीहरुबाट दाङमा कोरोना रोग नियन्त्रण तथा रोकथामका लागि अहिलेसम्म भएका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले कोरोना नियन्त्रणमा सबै मिलेर अघि बढ्नुपर्ने र सबै मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।उहाँले स्वास्थ्य सामग्री उपलब्ध भएकोले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउ गर्न आग्रह गर्नुभयो । 

        दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न र राहत एकद्दार प्रणालीबाट अघि बढाउन मुख्यमन्त्रीले आग्रह गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले जानकारी दिनुभयो ।दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न समुदायलाई खाद्यान्न लगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएकोले आवश्यक व्यवस्थापनका लागि मिलेर अघि बढ्न, पीडितले पाउने र  राहतको दुरुपयोग रोक्न शुरुदेखि निगरानी गर्नुपर्ने बताउनुभयो ।

        प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको उहाँले जानकारी गराउनुभयो । भैरहवामा प्रयोगशाला परिक्षण शुरु गरिएको, नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा रहेको बताउनुभयो । कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव भएको बताउदै उहाँले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गर्नुभएको सल्लाहकार केसीले जानकारी दिनुभयो ।

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६