अन्तर्राष्ट्रिय

कोरोना कहरः १ लाख ६० हजार बढीको ज्यान गयो, २३ लाख ३० हजार बढी संक्रमित



एजेन्सी, ७ बैशाख । विश्वमै महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित भएका छन् ।  संकतिहरु मध्ये अहिलेसम्म ५ लाख ९६ हजार ४ सय ८२ जना उपचारपछि घर फर्किएका छन् । १५ लाख ७३ हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् । १३ हजार ५५१ जनाको अवस्था गम्भीर रहेको छ । ६ लाख ३१ हजार ४१७ जना उपचाररत छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७५ हजार ९२५ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ४४ हजार ९२७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ७ हजार ७७१ जनामध्ये २ हजार ७३३ को अवस्था गम्भीर रहेको छ । स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् ।

बेलायतमा  मृत्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १४ हजार २१७ पुगको छ ।  संक्रमितमध्ये ८९ हजार ४०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा  संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ ।

प्रकाशित : ७ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६