अन्तर्राष्ट्रिय

भारतमा ५ सय ५९ को मृत्यु, १७ हजार ६ सय बढी संक्रमित



एजेन्सी, ८ बैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दोे छ । संक्रमण बढेसँगै भारतमा ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५९ पुगेको हो । भारतमा एकैदिन १ हजार २ सय ५० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १७ हजार ६ सय १५ पुगेको छ ।

        भारतमा संक्रमितमध्ये २ हजार ८५४ जना उपचारपछि निको भएका छन् । १४ हजार २ सय २ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा व्यापक संक्रमण फैलिएको छ । एसियाली मुलुकमा इरान सबैभन्दा बढी प्रभावित हुँदै गएको छ  । ज्यान गुमाउनेको संख्यामा एसियाली मुलुकमा भारत पाँचौ स्थानमा छ । भारत सरककारले संकमण रोक्नका लागि भारतभर लकडाउन गरेको छ ।

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६